जनजागृतिको १९ औ अधिवेशन सम्पन्न, थानेश्वर अर्याल नेतृत्वको पुरानै कार्यसमिति पुन निर्वाचित

जनजागृतिको १९ औ अधिवेशन सम्पन्न, थानेश्वर अर्याल नेतृत्वको पुरानै कार्यसमिति पुन निर्वाचित
२०८२ भदौ १४ गते शनिवार ०९:३८

स्याङ्जा भदौ १४/ स्याङ्जाको पुतलीबजार १० राङ्खोलामा रहेको जनजागृती तरकारी तथा फलफूल सहकारी संस्था लिमिटेडको ३२ औं साधारण सभा एवम् १९ औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट थानेश्वर अर्यालको अध्यक्षतामा रहेको पुरानै कार्यसमिति...

स्याङ्जा भदौ १४/ स्याङ्जाको पुतलीबजार १० राङ्खोलामा रहेको जनजागृती तरकारी तथा फलफूल सहकारी संस्था लिमिटेडको ३२ औं साधारण सभा एवम् १९ औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट थानेश्वर अर्यालको अध्यक्षतामा रहेको पुरानै कार्यसमिति पुन निर्वाचित भएको छ ।

अधिवेशनको उद्घाटन गर्दै पुतलीबजार नगर उप प्रमुख देवी अर्यालले सहकारी संस्थाहरुले उद्धेश्य र सहकारीका मुल्य मान्यता अनुसार कार्य गर्नुपर्ने बताइन । उनले वर्तमान समयमा सहकारीहरु खस्कदै जानुका कारण ब्यक्तिबादी चरित्र र सामुहिकताको कमि भएकोले सुधार गर्दै जानुपर्ने धारणा राखिन । सहकारी संस्था सुधारका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत उपप्रमुख अर्यालले जनाइन ।

कार्यक्रममा पुर्व वडा अध्यक्ष दुर्गा बहादुर शाह, शितला देवी सहकारीका उपाध्यक्ष डोलेन्द्र विक्रम शाह, जनजागृती तरकारी तथा फलफूल सहकारीका पुर्व उपाध्यक्ष उदय राज अर्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सहकारीका अध्यक्ष थानेश्वर अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्याङ्जा शीत भण्डार सहकारी संस्था लिमिटेडका उपाध्यक्ष गणेश बन्धु अर्यालले स्वागत एवम् सचिव लक्ष्मण शाहले कार्यक्रम संचालन गरेका थिए ।

प्रकाशित मिति २०८२ भदौ १४ गते शनिवार ०९:३८
प्रतिक्रिया दिनुहोस्