गैसस महासंघ स्याङ्जाको ८ औ अधिवेशन सम्पन्न, अध्यक्षमा एक नारायण सापकोटा, अधिवेशन पुर्व संघ सस्था सम्बन्धी मस्यौदा एन २०८२ केन्द्रित अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम

गैसस महासंघ स्याङ्जाको ८ औ अधिवेशन सम्पन्न, अध्यक्षमा एक नारायण सापकोटा, अधिवेशन पुर्व संघ सस्था सम्बन्धी मस्यौदा एन २०८२ केन्द्रित अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम
२०८२ भदौ १४ गते शनिवार ०९:५०

पवन मरासिनी,स्याङ्जा भदौ १४/ गैर सरकारी सस्था महासंघ स्याङ्जाको २० औ साधारण सभा एवम् ८ औ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।पुतलीबजार ३ स्थित सहयात्री पार्टी प्यालेसमा शनिबार सम्पन्न अधिवेशनले एक नारायण सापकोटाको अध्यक्षतामा ९ सदस्यीय...

पवन मरासिनी,स्याङ्जा भदौ १४/ गैर सरकारी सस्था महासंघ स्याङ्जाको २० औ साधारण सभा एवम् ८ औ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।पुतलीबजार ३ स्थित सहयात्री पार्टी प्यालेसमा शनिबार सम्पन्न अधिवेशनले एक नारायण सापकोटाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

नव निर्वाचित समितिको उपाध्यक्षमा युवराज पराजुली, सचिव मीन बहादुर थापा, कोषाध्यक्ष देवि बस्याल नेपाली, उपसचिव शिव पोखरेल चयन भएका छन । समितिको सदस्यहरुमा सुनिता पौडेल गौतम, पवन मरासिनी, शान्ता नेपाली चयन भएका छन । महासंघ गण्डकीका उपाध्यक्ष पदम राज पहारी संयोजकत्वको निर्वाचन मण्डलले सो कार्यसमिति घोषणा गरेको हो । निर्वाचन मण्डलको सदस्यहरुमा पुर्व अध्यक्ष रुकुम दत्त शर्मा र फेकोफन स्याङ्जाकि अध्यक्ष तारा शर्मा रहेका थिए ।

२० औ साधारण सभाको अवसरमा सस्थाका अध्यक्ष गोविन्द प्रसाद शर्माले सस्थागत प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । यसैबीच, महासंघ स्याङ्जाले साधारण सभा तथा अधिवेशन गर्नुपुर्व आजै संघ सस्था सम्बन्धी मस्यौदा एन २०८२ केन्द्रित अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो ।

सो कार्यक्रमको उद्घाटन गर्दै पुतलीबजार नगर प्रमुख तुलसी राम रेग्मीले लोकतान्त्रिक र गणतान्त्रिक मुलुकमा सविधान विपरित कानुन ल्याएर सरकारले गैर सरकारी सस्थाहरुलाई अन्कुस लगाउन खोजेको धारणा व्यक्त गरे । सामाजिक संघ सस्थालाइ उर्जा दिने किसिमको एन कानुन बनाउनुपर्नेमा नगर प्रमुख रेग्मीको जोड थियो ।

कार्यक्रममा गैर सरकारी सस्था महासंघ नेपालका केन्द्रिय सचिव राजेन्द्र पौडेल, सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जिवन पौडेल, फेकोफन स्याङ्जाका अध्यक्ष तारा शर्मा, नागरिक समाज स्याङ्जाका अध्यक्ष ओम प्रकाश शर्मा, पत्रकार महासंघ स्याङ्जाका सहसचिव रमेश गोदार, अपांगता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष युवराज पराजुली, स्याङ्जा च्याम्बर अफ कमर्शका अध्यक्ष लोकनाथ रेग्मी, महासंघ गण्डकी प्रदेश इन्चार्ज गोपाल खड्का, केन्द्रीय सदस्य शिव शर्मा, गण्डकी प्रदेश उपाध्यक्ष पदम पहारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा सस्थाका अध्यक्ष शर्माले महासंघ स्याङ्जाले आफ्नो कार्यकालमा ११ वटा स्थानीय तह मध्ये अधिकाश स्थानीय तहसम्म पुगेर त्यहाका गैर सरकारी संघ सस्थाहरुसङ्ग समन्वय र सहकार्यसंगै क्षेत्र विस्तार गरेको बताए । सो कार्यक्रमका बिच महासंघ स्याङ्जाका पुर्व अध्यक्षहरुलाई सम्मानपत्र सहित सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा कमल प्रसाद पौडेल, रुकुम दत्त शर्मा र राम चन्द्र गौतम रहेका थिए ।महासंघ स्याङ्जाका अध्यक्ष गोविन्द प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मीन थापाले
स्वागत एवम् संचालन सचिव एकनारायण सापकोटाले गरेका थिए ।

प्रकाशित मिति २०८२ भदौ १४ गते शनिवार ०९:५०
प्रतिक्रिया दिनुहोस्