पवन मरासिनी, स्याङ्जा भदौ १८/ वरिष्ठ उद्योगी, व्यवसायी खुमा प्रसाद अर्यालले बालगृहका बालबालिकालाई खाद्यान्न सामाग्री सहयोग गर्दै बुधबार आफ्नो ५४ औ जन्मोत्सव मनाएका छन । खुमा अर्याल फाउन्डेसनका सरक्षक अर्यालको जन्मदिनको अवसर पारेर खुमा अर्याल फाउन्डेसन स्याङ्जाले स्याङ्जाको फेदिखोला गाउपालिका १ मा रहेको अमोर सेवा नेपाल बाल गृहका ४५ जना बालबालिकालाई ५० हजार बराबरको खाद्यान्न सामाग्री र नगद १० हजार प्रदान गर्दै जन्मदिन मनाएको हो । फाउन्डेसन,रोट्यार्याक्ट क्लब अफ नक्साल शक्ति र रोटरी क्लब अफ नक्सालसंगको संयुक्त आयोजनामा सो बालगृहका बालबालिकालाई दाल, चामल, आलु, प्याज, मसलन्द सामग्री, फलफुल, तेल, नुन लगायतका सामग्री उपलब्ध गराइएको छ ।
जन्मदिनमा हुने फजुल खर्चलाई कम गर्ने र त्यही सन्देशलाई प्रवाह गर्ने अभिप्रायले उद्योगी, व्यवसायी तथा राजनीतिज्ञ अर्यालले यसरी जन्मदिन मनाएका फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले जानकारी दिए ।
अध्यक्ष शर्माले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै खुमा प्रसाद अर्याल सामान्य परिवारमा जन्म भएर आज उद्यम र व्यवसायको क्षेत्रमा यो उचाइ प्राप्त गरेको बताए ।
कार्यक्रमका अवसरमा बोल्दै फेदिखोला १ का अध्यक्ष अमृत क्षेत्रीले आफुले अमोर सेवा नेपाल बालगृहका लागि समन्वयकारी भुमिका र साथ दिदै आएको बताए ।उनले खुमा अर्याल फाउन्डेसनसंग सस्थागत अपेक्षा रहेको समेत बताए । कार्यक्रममा नेपाली काङ्ग्रेस स्याङ्जाका सदस्य लक्ष्मी प्रसाद बरालले सरक्षक अर्याललाई जन्मदिनको शुभकामना व्यक्त गर्दै सो महान कार्यका लागि फाउन्डेसनलाई धन्यवाद व्यक्त गरेका छन् ।
सो अवसरमा अमोर सेवा नेपाल बाल गृहको परिकल्पना, स्थापना र सन्चालनका लागि आफुले गरेको संघर्षका बारेमा जानकारी गराउदै बालगृह सन्चालिका कमला पराजुलीले सहयोगका लागि खुमा अर्याल फाउन्डेसनलाई धन्यवाद ज्ञापन गरेकी थिइन । उनले फाउन्डेसनसंग आफ्ना थुप्रै अपेक्षा रहेको बताएकी थिइन । उनले फाउन्डेसनले आफ्नो बालगृहका बालबालिकाका लागि स्वास्थ्यमा सहजीकरण गरिदिनका लागि समेत आग्रह गरेकी थिइन ।
कार्यक्रममा फाउन्डेसनका कोषाध्यक्ष दिपक अर्याल, सदस्य कमल शर्मा, सागर पौडेल, गण्डकी मेडिकल कलेजका फाइनान्स कन्ट्रोलर युबराज पौडेल, सुचना अधिकारी कृष्ण पौडेल, डाक्टर उज्वल कोइराला,डाक्टर आनन्द खड्का, नेपाली काङ्ग्रेस फेदिखोला पालिका सभापती महेन्द्र थापा, अभियान सुचना केन्द्रका अध्यक्ष बन्दना लम्साल, अमोर सेवा बालगृहका व्यवस्थापक अशोक शर्मा, शुभेच्छुकहरु देबि पोख्रेल, लक्ष्मी पौडेल, इश्वरी पौडेल, सृष्टि पौडेल लगायतको सहभागिता रहेको थियो ।
वि स २०६८ सालमा स्थापित सो बाल गृहमा हाल ४५ जना बालबालिका रहेका छन । फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो । फाउन्डेसन सहित ३ वटै संस्थाको संयुक्त आयोजनामा अर्यालको जन्मोत्सवकै अवसरमा मंगलबार कास्कीको पोखरा महानगरपालिका स्थित छोरेपाटनमा रहेको मानव सेवा आश्रममा बसोबास गर्ने १ सय जना वृद्धवृद्धाहरुलाई मिष्ठान्न भोजन खुवाइएको थियो ।
अर्यालको जन्म स्याङ्जाको भिरकोट नगरपालिका ७ बलमाटामा वि स २०२८ साल भाद्र १८ गते बुवा गगा प्रसाद अर्याल र माता खिना कुमारी अर्यालको कोखबाट भएको थियो । उनले कालिका मा वि, दहथुम मा वि र काठमाडौ पिपुल्स क्याम्पसमा अध्ययन गरेका थिए । उच्च शिक्षाका लागि भारत गएका उनले सि ए सम्मको अध्ययन पूरा गरेका छन । अर्यालले मेडिकल, एग्रो, हाएड्रो, कन्ट्रक्सन लगायतका क्षेत्रमा संलग्न रहेर झन्डै १५ हजार मानिसहरुलाई प्रत्यक्ष रोजगारी दिएका छन । उनको परिवारमा अहिले बुवा आमा, श्रीमती, छोरा र भाइ रहेका छन ।










