पोखरा र खेल बिषयमा चित्रकला प्रतियोगिता

पोखरा र खेल बिषयमा चित्रकला प्रतियोगिता
२०८२ भदौ २३ गते सोमबार १०:१९

पोखरा भदौ २३/ पोखरामा पोखरा अन्तराष्ट्रिय म्यारथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडि मञ्चको आयोजनामा पोखरा र खेल बिषयमा चित्रकला प्रतियोगिता आयोजना भएको छ । सोमबार भएको प्रतियोगितामा पोखरामा रहेका १८ बिद्यालयका ४२ जना बिद्यार्थीको...

पोखरा भदौ २३/ पोखरामा पोखरा अन्तराष्ट्रिय म्यारथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडि मञ्चको आयोजनामा पोखरा र खेल बिषयमा चित्रकला प्रतियोगिता आयोजना भएको छ । सोमबार भएको प्रतियोगितामा पोखरामा रहेका १८ बिद्यालयका ४२ जना बिद्यार्थीको सहभागिता रहेको संस्थाका सचिव महेश पौडेलले बताए।
नेपाल भूतपूर्व खेलाडि मञ्चले आफ्नो स्थापनाको रजत बर्ष मनाउने कार्यक्रम अन्तरर्गत १२ महिना १२ कार्यक्रमको तालिका अनुसार अन्तर बिद्यालय चित्रकला प्रयोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा सृजना मा.बिका स्कुलका कृस बानियाले प्रथम स्थान प्राप्त गर्न सफल भए त्यस्तै कास्की मोडनाइज स्कुलकि युना आले दोस्रो, सोसल पब्लिक स्कुलका हुम बहादुर गुरुङले तेस्रो स्थान प्राप्त गर्दा हार्डवड एकेडेमिका तेजस सुनार र सूर्योदय स्कुलका रोमिका श्रेष्ठले सान्तोवना स्थान प्राप्त गरे । उनिहरुले क्रमस १० हजार, ७ हजार, ५ हजार, र २ हजार रुपैँया हात परे ।प्रातियोगिताको निर्णायकमा बिम्ब कबि प्राज्ञ रमेश श्रेष्ठ,सञ्जय गुरुङ र संस्थाका पुर्व अध्क्षय तेज बहादुर गुरुङ रहेका थिए ।

कार्यक्रममा बोल्दै प्राज्ञ रमेश श्रेष्ठले कलामा पनि खेलकुदका रङहरु भर्न मञ्ले आयोजना गरेको कार्यक्रम महत्वपूर्ण भएको भन्दै प्रशंसा गरे । उनले चित्रकला फरक खालको बिद्या भएको बताउदै मञ्चले बिद्यार्थीको लागि ठुलो अवसर प्रदान गरेको हुदा यसलाई निरन्तरता उनको आग्रह थियो ।संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले रजत महोत्वसमा आयोजना भएका कार्यक्रम, आगामि कार्यक्रम र मञ्चले गरेका गतिबिधिहरुको बारेमा जानकारी गराए ।

संस्थाका पूर्व अध्यक्ष एब्म मासिक दौडका संयोजक तेज बहादुर गुरुङले अन्तराष्ट्रिय जगतमा पनि ओलम्पिक कार्यक्रम लाई बिस्तार गर्ने सन्र्दभमा,खेलकुद सगँ संस्कृत,बाताबरण,कला जोडिएको जनाए ।उनले कला क्षेत्रबाट पनि खेलकुदको संस्कृतिलाई प्रोत्साहन र जर्गेना गर्ने उद्धेश्य अनुरुप प्रतियोगिता आयोजना गरिएको उल्लेख गरे ।
विजेतालाई निणर्यक प्राज्ञ कवि श्रेष्ठ मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट, अध्यक्ष गुरूङ, मासिक दौडका संयोजक तेज बहादुर गुरूङ, मञ्चका निवर्तमान अध्यक्ष हरिप्रसाद पराजुली लगायतले नगद, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।यस्तै संस्थाले गण्डकी प्रदेश खेलकुद परिषद्मा नवनियुक्त भएका सदश्यहरुलाई सोहि कार्यक्रम मार्फत सम्मान पनि गरेको थियो ।

 

प्रकाशित मिति २०८२ भदौ २३ गते सोमबार १०:१९
प्रतिक्रिया दिनुहोस्