कोटा प्रणाली ठीक कि बेठीक: के लेडिज फर्स्ट भन्नु गलत नै थियो त ?

no-image

मनि भट्टराई

@समय नेपाल

२०७८ असार १३ गते आईतबार १२:५४

मलाई लाग्छ– कुनै समय आऊँने छ कि कोटा आफै कोठा खोजेर बसाईँ सर्छ । अहिले उनीहरूलाई केही हदसम्म माथि लैजान सरकारले हात दिएको पक्कै हो । कोटा राज्यको अल्पकालीन नीति हो तर दीर्घकालीन संस्कार होइन । र हुनु पनि हुँदैन, हुँदैन पनि । एक दिन...

मलाई लाग्छ– कुनै समय आऊँने छ कि कोटा आफै कोठा खोजेर बसाईँ सर्छ । अहिले उनीहरूलाई केही हदसम्म माथि लैजान सरकारले हात दिएको पक्कै हो । कोटा राज्यको अल्पकालीन नीति हो तर दीर्घकालीन संस्कार होइन । र हुनु पनि हुँदैन, हुँदैन पनि ।
एक दिन मैले कलेजमा भनेको थिएँ – लेडिज फर्स्ट । मेरो छेउमै बसेकी उनी रिसाइन् । अनि भनिन् ‘हामी नारीहरू केही कमजोर छैनौं पुरूषहरू भन्दा ! हामीलाई लेडिज फर्स्ट भनिरहनु पर्दैन’ । हुन पनि उनी हरेक बर्ष कलेजमा प्रथम भएर देहन्दार छात्रावृत्ति पाउँथिन् । प्रतिभा सम्पन्र्न र बौद्विक पनि थिइन् उनी ।
उनको यो जवाफले म अँध्यारिएँ । गाली जस्तो कि धम्की जस्तो भयो । दोधारमा परे के भन्नु के भन्नु जस्तो पो भयो । अनि म भित्रको उदार देखिन खोजेको पुरूष अपमानित भए जस्तो भयो । त्यसले धक्का महसुस गर्यो । म भित्रको ढाडे पुरूष साँच्चै नै थर्कमान भयो ।
सबै गलल.. हाँसे । अनि म पनि त्यहीं हाँसोमा मिसिएर हाँसे । यसरी मैले उनको जवाफलाई हाँसेरै पचाएँ । उनको आत्म सम्मान र साहासलाई हामीले हाँसेरै अप्रुभ गर्यौ किनकी उनी अरू भन्दा स्वभावत असाधारण थिइन् । कुरो सही पनि थियो । उनलाई मैले लेडिज फर्स्ट भनि रहन खासमै जÞरूरत थिएन । ऊनी थिइन् नै फस्र्ट ।
साँझ होस्टेलमा आएपछि फेरी बहस भयो । तर सबै नारी उनले भने जस्तै र उनी जस्तै सक्षम छन् त ? उनीहरूलाई अवसर दिनु पर्दैन त ? त्यस्तो अबसर घरदेखि नै सुरू हुनु पर्दैन ? गाउँ सहर र पुरै देशले दिएको छ त उनीहरूलाई त्यो मौका ? के सबै नारीहरूले पुरूषको उचाई हाँसिल गरिसके त ? के मेरी आमाले बा लाई नसोधी एउटा बाख्राको पाठो बेच्ने हैसियत राख्नु हुन्छ त ? म जस्तै साँझमा गाउँ डुलेर घरमा अबेर फर्कन सक्नु हुन्छ त मेरी दिदी ? प्रश्न नारीहरूले पुरूष सरह वा अझ बढी कुनै काम गर्न सक्छन् सक्दैनन् भन्ने नभएर गर्न सक्ने बाताबरण र अबसर दिइएको छ कि छैन भन्ने थियो । त्यो साँझ हामीले दिउँसो हाँसेर समर्थन गरेको उनको कुरा उल्ट्यायौं र विश्राम गर्यौं ।
यसर्थ, यसो हुने खाने परिवारका बोर्डिंङ स्कूल र राम्रा कलेजहरू पढेका, सरकारी स्कूल मैं पनि घरबाटै अलि सुबिधा पाएर यसो राम्रो पढाई गरेकाहरूले बहु संख्यकहरूको पीडालाई पीडा नै होइन भनिदिन्छन् । ‘म पनि नारी हुँ, मैले कोटा लिने ?’ भनि दिन्छन् ।’ कस्ले जमिनमा कसरी टेकेको छ त्यो कुरा मखमलका जुत्ता खोलेर हिंडे पो थाहा हुन्छ ?
अहिले दलितको हकमा चलिरहेको बहसमा पनि यहीं कुरा लागु हुन्छ । गैह्र दलितहरूका आधुनिक सन्तानहरूलाई उनीहरूको पुस्तेनी पीडा के थाहा ? भलै गैह्र दलितहरू पनि गरीब होलान् तर यो त गरीबीको मात्र कुरा होइन यो त पुस्तौं पुस्ता एउटा मानवले अर्को मानबलाई गरिएको दमन, अपमान, घृणा र दुर्ब्यबहार हो । जस्को परिणाम स्वरूप गरीबीको मारमा पुस्तौं पुस्ता फँसेको छ । यो कुरा बुझ्न जरूरी पनि छ ।
एक दुई धनी र सफल दलित जातका मान्छेहरूको उदाहरणले तीं राज्य र समाजले नै पुस्तौं कुल्चिएका तमाम मान्छेहरू माथि अन्याय हुनुहुँदैन । उनीहरूलाई केही समय राज्यले सहयोग गर्नै पर्छ । हाम्रा पीता पूर्खाहरूबाट अन्जानमा अज्ञानता बस भएको महाभूलको प्रायश्चितको निम्ति पनि यो जरूरी छ । हामीलाई उनीहरूले त्यति धरै निस्सासिंदो परिवेशमा सदियौं फेरेको स्वास प्रस्वासको प्रत्याभुति हुनु आवास्यक छ ।

प्रकाशित मिति २०७८ असार १३ गते आईतबार १२:५४
प्रतिक्रिया दिनुहोस्