पोखरा असोज १/ स्याङ्जाको पुतलीबजार नगरपालिका ३ मा रहेको शिशु निकेतन अङ्ग्रेजी आवसिय मा वि ले भदौ २३ र २४ गतेका दिन जेन्जी प्रदर्शनका क्रममा सहादत प्राप्त वीर शहिदहरुप्रति भावपुर्ण श्रद्दाञ्जलि अर्पण साथै दीप प्रज्वलन गरेको छ । शिशु निकेतनले आज बुधबार राष्ट्रिय शोक बिदाको दिन पारेर सो कार्यक्रम गरेको विद्यालय स्रोतले जानकारी दिएको छ ।
बुधबार साझ ६:३० बजे विद्यालय प्राङ्गणमा सम्पन्न भएको सो कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा शुभेच्छुकहरुको उपस्थिति रहेको विद्यालयका प्रधानाध्यापक मनोज मल्लले जानकारी दिए । जेन जेड सहिदहरुप्रति श्रद्धासुमन सहित मैन बत्ती प्रज्वलन गर्दै मल्लले जेन( जेडले जुन उद्देश्य बोकेर आन्दोलन गरेको थियो त्यो उद्देश्य पूरा भए मात्रै साच्चिकै सहादत प्राप्त जेन(जेडहरु प्रती साचो श्रद्धाञ्जली हुने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्










