पोखरा कार्तिक १२/इन्जिनियर हिमान्शु अर्यालले आश्रममा खाद्यान्न सामाग्री वितरण गरि जन्मदिन मनाएका छन। खुमा अर्याल फाउन्डेसन स्याङ्जाका सस्थापक परिवारका उनले मंगलबार आफ्नो २३ औ जन्मोत्सव पोखरा महानगरपालिका २५ हेम्जामा रहेको मानव सेवा आश्रममा खाद्यान्न सामग्री वितरण एवम् निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम गरि मनाएका हुन ।
जन्मोत्सवको अवसरमा खुमा अर्याल फाउन्डेसन स्याङ्जाको आयोजना र रोट्र्याक क्लब अफ नक्साल शक्तिको समन्वयमा आयोजित कार्यक्रममा ५० हजार बराबरका चामल, तेल, दाल, चिनी, फलफुल लगायतका खाद्यान्न सामग्री आश्रमलाई प्रदान गरिएको थियो ।
त्यस्तै गण्डकी मेडिकल कलेजका चिकित्सकको टोलिलेसो आश्रममा रहेका बिरामीहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेका थिए ।
सो अवसरमा बोल्दै फाउन्डेसन सस्थापक परिवारकी सदस्य एवम् रोटरी क्लब अफ नक्साल शक्तीकि संस्थापक अध्यक्ष डा.लुना अर्यालले जन्मदिन मनाउदै गर्दा सामाजिक उत्तरदायित्व सम्झेर यसरी मनाउनु सुखद कुरा भएको बताइन । हिमान्शुलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै उनले यसबाट समाजमा सकारात्मक सन्देश प्रवाह हुने बताइन ।
कार्यक्रममा रोट्यार्याक्ट क्लबका सिजन अर्यालले जन्मदिनको शुभकामना व्यक्त गर्दै सहयोगको आवश्यकता औल्याएर यसरी सहयोग गर्नाले मानव कल्याण हुने बताए । फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इ हिमान्शु अर्यालले धन्यवाद ज्ञापन एवम् कार्यक्रमको संचालन फाउन्डेसनकि सल्लाहकार एवम् सुचना अभियान केन्द्र स्याङ्जाकि अध्यक्ष बन्दना लम्सालले गरेकी थिइन । फाउन्डेसनका सस्थापक परीवारका सदस्य हिमान्शु ब्राइटर युनिभर्सिटी बेलायतबाट सिभिल इन्जिनियरिङमा वर्ष २०२३÷२४ का ब्याच टपर समेत हुन ।










