पोखरा कार्तिक १८/ “गोरखा जहाँ इतिहास जीवित छ” भन्ने मूल नाराका साथ लियो जिल्ला परिषद् ३२५ जे नेपालको चौथो जिल्ला पदस्थापन, सम्मान तथा पहिलो जिल्ला परिषद् बैठक कार्तिक १४ र १५ गते गोरखामा सम्पन्न भएको छ।
कार्यक्रम लियो सबिन भट्टराई ९पहिलो सत्र० र लियो बालकृष्ण परियार ९दोस्रो सत्र० को अध्यक्षतामा सम्पन्न भएको हो।
उक्त कार्यक्रममा गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण बहादुर राना प्रमुख अतिथि तथा लायन्स इन्टरनेशनल ३२५ जे नेपालका डिष्ट्रिक गभर्नर लायन मिलन बाबु मल्ल विशेष अतिथि रहेका थिए।
साथै अग्रज लायन्स लिडर, लियो लिडर तथा बागमती र गण्डकी प्रदेशका उल्लेख्य लियो सदस्यहरूको उल्लेख्य उपस्थितिले कार्यक्रमलाई थप प्रभावशाली बनाएको थियो।कार्यक्रमको शुभारम्भ मानव सेवा आश्रमका पाँच जना बालबालिकालाई New Tailor’s Logo को स्पोन्सरमा विद्यालय पोशाक वितरण गरी गरिएको थियो। त्यही क्रममा डिष्ट्रिक गभर्नर मल्लले बर्ष २०२५र२६ का बोर्ड पदाधिकारीहरूलाई पदस्थापना गराएका थिए।
यस्तै, “नेतृत्व विकासका लागि लियो” शीर्षकमा वक्तृत्वकला कार्यक्रम पनि सम्पन्न भएको छ । लियो सदस्यहरूभित्र रहेको क्षमता उजागर गर्ने उद्देश्यले “लियो जिल्ला परिषद् ३२५ जे नेपालको शान – कला र गलाको सम्मान” नारा सहित ट्यालेन्ट शो आयोजना गरिएको थियो।उक्त कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने लियो तथा लिडरहरूलाई अवार्ड र सम्मान प्रदान गरिएको थियो।
कार्यक्रमको अन्त्यतिर काउन्सिल बैठक बसेर विभिन्न महत्वपूर्ण प्रस्तावहरू पेस तथा पारित गर्दै बैठक सम्पन्न गरिएको थियो।
कार्यक्रम सफल बनाउने सबै प्रती लियो जिल्ला परिषद् ३२५ जे नेपाल, होस्ट क्लबहरू तथा पदाधिकारीहरूको तर्फबाट विशेष धन्यवाद व्यक्त गरिएको छ।पहिलो सत्रको कार्यक्रम जिल्लाका उपाध्यक्ष लियो आशिस थापाले र दोस्रो सत्रको कार्यक्रम लियो ई सहनसिल पौडेलले संञ्चालन गरेका थिए ।
















