अर्जुनचौपारीका विद्यार्थीहरुको नविनतम सन्देश, विभिन्न विद्यालयका चेन्ज मेकर क्लबहरूद्वारा एकैदिन सरसफाइ तथा व्यवहारिक सिकाइ कार्यक्रम

अर्जुनचौपारीका विद्यार्थीहरुको नविनतम सन्देश, विभिन्न विद्यालयका चेन्ज मेकर क्लबहरूद्वारा एकैदिन सरसफाइ तथा व्यवहारिक सिकाइ कार्यक्रम
२०८२ कार्तिक २४ गते आईतबार ०७:१४

पवन मरासिनी, पोखरा कार्तिक २३/ स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेका विभिन्न विद्यालयका चेन्ज मेकर क्लबहरूले शुक्रबार सामूहिक रूपमा विभिन्न स्थानहरूमा सरसफाइ तथा व्यवहारिक सिकाइ कार्यक्रम सम्पन्न गरेका छन् । गाउँपालिकाका...

पवन मरासिनी, पोखरा कार्तिक २३/ स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेका विभिन्न विद्यालयका चेन्ज मेकर क्लबहरूले शुक्रबार सामूहिक रूपमा विभिन्न स्थानहरूमा सरसफाइ तथा व्यवहारिक सिकाइ कार्यक्रम सम्पन्न गरेका छन् । गाउँपालिकाका ६ वटा वडामा रहेका २ आधारभूत, ६ माध्यमिक सामुदायिक तथा १ माध्यमिक संस्थागत विद्यालयका क्लबहरूले एकैदिन आ–आफ्नो विद्यालय र समुदायमा सकारात्मक गतिविधि सञ्चालन गरेका हुन् ।

विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व, सामुदायिक सहयोग, र व्यवहारिक सीप विकासमा प्रेरणा जगाउन मद्दत गर्ने भएकाले यस्ता कार्यक्रमको आवश्यकता र अपरिहार्यता रहेको अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए ।

वडा न १ अन्तर्गत रहेको पञ्चकन्या माध्यमिक विद्यालयको चेन्ज मेकर क्लबले विद्यालय परिसर, पालिकाको खेलमैदान, र अर्जुनचौपारी स्वास्थ्यचौकीमा विज्ञान विषयसँग सम्बन्धित वल्र्ड ग्रुप परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । त्यस्तै, सोही वडामा रहेको संस्थागत विद्यालय अर्जुनचौपारी चिल्ड्रेन एकेडेमीको क्लबले विद्यालय परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गर्यो ।

यसैगरी, वडा नं। २ मा रहेको अमर ज्योति माध्यमिक विद्यालयको चेन्ज मेकर क्लबले बालबालिकाको व्यवहारकुशल सीप विकास तथा व्यक्तिगत सरसफाइमा आधारित व्यवहारिक सिकाइ कार्यक्रम गर्यो । वडा न ३ मा रहेको सरस्वती आधारभूत विद्यालयको क्लबले विद्यालय परिसर, ट्यांकी तथा नजिकैको मन्दिर क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गर्यो ।

यस्तै, वडा न ४ अन्तर्गत जन माध्यमिक विद्यालयले एकानन्द गुफा जाने गोरेटो बाटो र गुफा परिसरमा सरसफाइ अभियान सञ्चालन गरेको छ। यस्तै गरि, वडा न ५ मा रहेका सर्वोदय माध्यमिक विद्यालय, घण्टे माध्यमिक विद्यालय र बुद्ध आधारभूत विद्यालयका चेन्ज मेकर क्लबहरूले क्रमशः डहरे देउराली मन्दिर जाने बाटो, विद्यालय परिसर, घण्टे बजार र विद्यालयको खानेपानी मुहान, तथा विद्यालय परिसर सरसफाइ कार्य गरेका छन् ।

वडा न ६ अन्तर्गत दरौं माध्यमिक विद्यालयको चेन्ज मेकर क्लबले नेपालकै पहिलो नवग्रह मन्दिर परिसरमा सरसफाइ गर्दै मन्दिरभित्र रहेका पिपलका बिरुवाहरूमा गोडमेल गर्ने कार्य सम्पन्न गरेको छ ।

प्रकाशित मिति २०८२ कार्तिक २४ गते आईतबार ०७:१४
प्रतिक्रिया दिनुहोस्