आटिली चेलि ताराको थर एउटै, घर एउटै गित सार्वजनिक

आटिली चेलि ताराको थर एउटै, घर एउटै गित सार्वजनिक
२०८२ मङ्सिर १२ गते बिहिबार ०९:२२

पोखरा मंसिर ११/ लोक तथा दोहोरी गायिका तारा पौडेल श्रेष्ठको ‘थर एउटै, घर एउटै’ गित सार्वजनिक भएको छ । केहि दिनअघि ‘तारा पौडेल’ युट्युब च्यानलमार्फत यो लोक गित सार्वजनिक गरिएको हो । कृष्ण लामिछानेको शब्द रहेको गितमा नेत्र भण्डारीको...

पोखरा मंसिर ११/ लोक तथा दोहोरी गायिका तारा पौडेल श्रेष्ठको ‘थर एउटै, घर एउटै’ गित सार्वजनिक भएको छ । केहि दिनअघि ‘तारा पौडेल’ युट्युब च्यानलमार्फत यो लोक गित सार्वजनिक गरिएको हो ।

कृष्ण लामिछानेको शब्द रहेको गितमा नेत्र भण्डारीको संगीत रहेको छ भने तारा पौडेल श्रेष्ठ र नेत्र भण्डारीको आवाज रहेको छ ।

यो गितलाई मुकेश नेपालीको निर्देशन र कोरियोग्राफीमा तयार भएको भिडियोमा लोमश शर्मा र नम्रता थापासहितका कलाकारको अभिनय रहेको छ । भिडियोको छायांकन बुद्ध थापा र सम्पादन नवीन घर्ती मगरले गरेका छन ।

दर्शक श्रोताको माया पाउदा आफू निकै हर्षित भएको गायिका पौडेल बताउछिन । उनले भनिन्, “दर्शक–श्रोताले नयाँ गीतमा सुरुमै दिएको साथ र माया मेरो लागि प्रेरणाको स्रोत बनेको छ ।

यस गीतले जातीयता तथा एउटै घरको भावना लाई सरल र मार्मिक तरिकाले प्रस्तुत गरेको छ । गीतले थर, जात र पहिचानले मानिसलाई अलग अलग चिनाउने भए पनि भावना, माया र घरले सबैलाई एक ठाउँमा जोड्ने सन्देश दिन खोजेको छ ।

जिवनको दैनिकीसंग जोडिएको भएकाले गर्दा पनि यस गितको सान्दर्भिकता र महत्व झल्केको गित निर्माण टिमको भनाइ छ ।

प्रकाशित मिति २०८२ मङ्सिर १२ गते बिहिबार ०९:२२
प्रतिक्रिया दिनुहोस्