स्याङ्जा पुस ६/ सहयात्री को(अपरेटिभ लिमिटेडको नयाँ अध्यक्षमा गोविन्द प्रसाद शर्मा चयन भएका छन । पुतलीबजार ३ स्थित सहयात्री पार्टी प्यालेसमा शनिबार सम्पन्न १४ औं साधारणसभा तथा चौथो अधिबेशनबाट शर्मा नयाँ कार्यसमितिको अध्यक्षमा चयन भएका हुन ।
शर्मा नेतृत्वको कार्यसमितिको उपाध्यक्षमा श्री बहादुर गुरुङ्, सचिव एक बहादुर गोदार, कोषाध्यक्ष अस्मिता शाक्य, सदस्यहरुमा बिमल थापा, बिजय कुमार तिमिल्सिना र गिता श्रेष्ठ चयन भएका छन । यस्तै, सोही अधिवेशनले लेखा समिति संयोजकमा जितेन्द्र श्रेष्ठ चयन गरेको छ । समितिको सदस्यमा सञ्जय थापा चयन भएका हुन । नव निर्वाचित कार्यसमितिलाई टेक बहादुर गोदार संयोजक रहेको निर्वाचन समितिले सर्वसम्मत रुपमा चयन गरेको हो ।
सो अवसरमा प्याब्सन स्याङ्जाका अध्यक्ष राजेन्द्र बहादुर गोदारले नव निर्वाचित कार्यसमितिलाई बधाई एवम् शुभकामना व्यक्त गरे । कार्यक्रममा स्याङ्जा सहकारि संघ उपाध्यक्ष संघ ताम्राकार, पुतलीबजार नगरपालिका वडा न १ का सदस्य बिष्णु कुमार श्रेष्ठ, लालिगुराँस सहकारि संस्थाका उपाध्यक्ष डम्मर मल्ल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सोहि अवसरमा अध्यक्ष अज्योद्दा शाक्यले वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए भने ऋण समिति संयोजक बिमल थापाले ऋण प्रतिवेदन, लेखा समिति संयोजक गोबिन्द प्रसाद शर्माले लेखा प्रतिवेदन, कोषाध्यक्ष श्री बहादुर गुरुङ्ले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष अज्योद्दा शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सुनिता पौडेल थापाले स्वागत एवम् सचिव मनोज मल्लले कार्यक्रम संचालन गरेका थिए ।










