पोखरा पुस १७/युनाईटेड क्लवको आयोजनामा १४ औँ संस्करणको पोखरा महोत्सव हुने भएको छ । ‘युवाको जाँगर राष्ट्र निर्माणको आधार’ भन्ने नाराका साथ हुन लागेको महोत्सव पुस २९ गतेदेखि माघ ११ गतेसम्म चल्नेछ ।
शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन गरि देशको आर्थिक समृद्धिमा सहयोग पुर्याई रोजगारी सिर्जना गर्ने उद्धेश्यलले महोत्सव आयोजना गरिएको बुधबार अयोजित पत्रकार सम्मेलन मार्फत महोत्सवका संयोजक दिनेश सुनारले बताए । महोत्सवमा २ लाख २० हजारदर्शक आउने अनुमान गरिएको उनको भनाइ छ ।
महोत्सवमा २ सय ५० स्टल रहनेछन् । महोत्सवमा फरक क्षमता भएका, ज्येष्ठ नागरिक, एकल महिला, विदेशी पर्यटक, ५ वर्ष मुनिका बालवालिकाहरुले निःशुल्क प्रवेश पाउनेछन् ।
कार्यक्रममा रवि कार्की, शान्तिश्री परियार, बद्री पंगेनी, प्रकाश सपुत, समिक्षा अधिकारी, अर्जुन सापकोटा, शान्तारानी परिवार, अस्मिता अधिकारी लगायतको प्रस्तुती रहनेछ । कन्सर्टतर्फ पूर्ण राई, डि मर्चा, लेकाली, जेम्सी, सविन राई, भिटेन, लाहुरे, टुकी लगायतले प्रस्तुती राख्नेछन् ।










