नेवाः मिसा पुचःले पुसको १९ गते नेवा छेँमा ‘झ्व भ्वय’ आयोजना गर्दै

नेवाः मिसा पुचःले पुसको १९ गते नेवा छेँमा ‘झ्व भ्वय’ आयोजना गर्दै
२०८२ पुस १७ गते बिहिबार ०८:४५

पोखरा, १७ पुस/ नेवाः मिसा पुचः कास्कीले पुस १९ गते झ्व भ्वय कार्यक्रम आयोजना गर्ने जानकारी दिएको छ । नेवाः मिसा पुचः कास्कीको आयोजनामा नेवारी सांस्कृतिक उत्सव झ्व भ्वय चौथो पटक शनिबार पोखरामा हुने विहीबार पत्रकारमार्फत जानकारी...

पोखरा, १७ पुस/ नेवाः मिसा पुचः कास्कीले पुस १९ गते झ्व भ्वय कार्यक्रम आयोजना गर्ने जानकारी दिएको छ । नेवाः मिसा पुचः कास्कीको आयोजनामा नेवारी सांस्कृतिक उत्सव झ्व भ्वय चौथो पटक शनिबार पोखरामा हुने विहीबार पत्रकारमार्फत जानकारी दिइएको हो ।नेवाःमिसा पुचःले संस्कार र संस्कृतिको संरक्षण र प्रवद्र्दनका लागि हरेक ३र३ वर्षमा यस्तो कार्यक्रम गर्दै आएको पुचःका अध्यक्ष संगीता बज्राचार्यले बताइन्।

नेवारी समुदायमा परम्परादेखि चलिआएको प्रचलनलाई युवा पुस्तामाझ परिचित गराउँदै नेवारी खाना संस्कृतिमा अभ्यस्त गराउनु कार्यक्रम उदेश्य रहेको पनि बताइन्।कार्यक्रम पोखरा भीमसेनटोलमा रहेको नेवा छेँमा शनिबार आयोजना हुने गरिनेछ । पारम्परिक नेवारी भोजमा लाइनमा बसेर खाने चलन रहेको छ । भोजमा १५ सय बढी सरिक हुने अध्यक्ष बज्राचार्यले जानकारी दिइन् । जहाँ नेवारसहित अन्य समुदायकाहरु पनि सहभागी हुनेछन् ।

भोजको छुट्टै प्रणाली र चरण रहेका छन् । सहभागीलाई सुरुमा नेवारी संस्कार, संस्कृति अनुसार लहरै राखेर वासा सगुन र औषधीका रुपमा दिएर स्वागत गरिन्छ । दोश्रो चरणमा सुख्खा खानाका परिकारहरु रहन्छन्, ग्रेभी परिकार, झोलिलो परिकारहुँदै खाएपछि अन्त्यमा चुसीफुसी खुवाएर बिदाई गरिने बज्राचार्यले बताईन् ।

जाडो महिना पुसमा एकपटक भोज अनिवार्य भएकाले पनि झ्व भ्वयको अत्यन्त महत्व रहेको छ । संस्कार, संस्कृति जोगाउनका लागि हो र पर्यटकीय राजधानी पोखराका लागि यो पर्यटन प्रवद्र्दनका लागि पनि महत्वको विषय भएको बताईन् ।यस अवसरमा सांगीतिक र सांस्कृतिक कार्यक्रम कार्यक्रम संयोजक तथा नेवा मिसा पुचःकी उपाध्यक्ष शान्ती प्रधानाङ्गले जानकारी दिईन् । कार्यक्रममा काठमाडौबाट गायीका निसा देशार, पोखराबाट इतु र रामभक्त जोजीजु गायतका कलाकारहरुको प्रस्तुती रहने भएको छ ।

सो अवसरमा नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेवाःमिसा पुचले आयोजना गर्न लागेको झ्व भ्वय कार्यक्रमले नेवारी भाषा, संस्कार, संस्कृति संरक्षणका लागि महत्वपूर्ण सहयोग हुने बताए । नयाँ पुस्ताका लागि झ्व भ्वय सिकाइको थलो हुने बताए ।भोजको मुख्य प्रायोजन फिस्टेल आईभिएफ फर्टिलिटी सेन्टर गैह्रापाटन र विशेष सहयोगीमा पोखरा महानगरपालिका वडा नम्बर–९ रहेको महासचिव किरण बिजुक्षेले जानकारी दिएकी छन्।

प्रकाशित मिति २०८२ पुस १७ गते बिहिबार ०८:४५
प्रतिक्रिया दिनुहोस्