कास्कीबाट गैरकानूनी रूपमा चन्दा संकलन गर्ने दुई जना पक्राउ

कास्कीबाट गैरकानूनी रूपमा चन्दा संकलन गर्ने दुई जना पक्राउ
२०८२ फाल्गुण ५ गते मङ्गलबार ०६:०७

पोखरा फागुन ५/ जिल्ला प्रहरी कार्यालय कास्कीले गैरकानूनी रूपमा चन्दा संकलन गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै कास्की जिल्लाका विभिन्न स्थानमा आफूलाई “माओवादीका...

पोखरा फागुन ५/ जिल्ला प्रहरी कार्यालय कास्कीले गैरकानूनी रूपमा चन्दा संकलन गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै कास्की जिल्लाका विभिन्न स्थानमा आफूलाई “माओवादीका कार्यकर्ता” बताउँदै डर–धम्की दिई चन्दा संकलन गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

मिति २०८२ माघ ७ गते नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको विशेष टोलीले तनहुँ व्यास नगरपालिका–१३ बस्ने वर्ष ३२ का लक्ष्मण पौडेल केन्द्रिय सदस्य, नेकपा बहुमत  र कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ बस्ने वर्ष ३७ का भीमसेन परियार सेक्रेटरी, नेकपा बहुमत लाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतबाट चन्दा ऐन सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

प्रहरीले उनीहरूको साथबाट नेपाल कम्युनिष्ट पार्टी  माओवादी गण्डक ब्यूरो लेखिएको विभिन्न रसिदका ठेली १ थान ९रसिद नं। १४२९ देखि १४८ सम्म, जिल्ला समिति कास्कीको पत्रसहितका कागजात, पहेंलो रंगको खाली खाम १५ थान, नगद रु। २३ हजार, जातीय आहुति लेखिएको पुस्तक १ थान, खैरो रंगको डायरी २ थान तथा मोबाइल ३ थान बरामद गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले गैरकानूनी गतिविधिमा संलग्न जो–कोहीमाथि कानूनी कारबाही गर्ने र यस्ता गतिविधिबारे सूचना दिन सर्वसाधारणलाई अनुरोध समेत गरेको छ।

प्रकाशित मिति २०८२ फाल्गुण ५ गते मङ्गलबार ०६:०७
प्रतिक्रिया दिनुहोस्