स्मरणशक्तिमा विश्व रेकर्ड कायम गरेका अर्पण शर्माबारे अस्ट्रेलियामा चर्चा,

स्मरणशक्तिमा विश्व रेकर्ड कायम गरेका अर्पण शर्माबारे अस्ट्रेलियामा चर्चा,
२०७८ असार १५ गते मङ्गलबार १०:४९

तेज स्मणशक्ति (मेमोरी पावर) भएका युवाका रुपमा विश्व रेकर्ड कायम गरेका नेपाली युवा अर्पण शर्माको चर्चा अस्ट्रेलियाको ‘साउदर्न क्रस युनिभर्सिटी’मा समेत भएको छ । युनिभर्सिटीको अनलाइन वेब पोर्टलमा प्रवीन बराल नाम गरेका एक नेपाली...

तेज स्मणशक्ति (मेमोरी पावर) भएका युवाका रुपमा विश्व रेकर्ड कायम गरेका नेपाली युवा अर्पण शर्माको चर्चा अस्ट्रेलियाको ‘साउदर्न क्रस युनिभर्सिटी’मा समेत भएको छ ।

युनिभर्सिटीको अनलाइन वेब पोर्टलमा प्रवीन बराल नाम गरेका एक नेपाली विद्यार्थीले शर्माबारे ब्लग लेखेका छन् । ब्लगमा उनले शर्माले राखेको विश्व रेकर्डबारे उल्लेख गर्दै हाल उनी नेपालमा सेमिनारहरू गरी ‘मेमोरी पावर’ र ध्यानसम्बन्धी ज्ञान बाँड्ने काममा व्यस्त रहेको पनि उल्लेख गरेका छन् ।  त्यस ब्लगमा प्रतिक्रिया दिँदै एक पाठकले शर्माका केही टेक्निक आफूले पनि जान्न चाहेको उल्लेख गरेकी छिन् ।

ब्लग हेर्न यो लिंकमा हेर्न सकिन्छ ।

सन् २०१४ सेप्टेम्बर २६ तारिखमा उनले एक मिनेटमा ४२ वटा वस्तु चिनेर रेकर्ड बनाएका थिए । सुमधुर आवाजका धनी शर्मा विभिन्न सभा, समारोहमा गीत पनि गाउँछन् । अर्पणलाई कोर्सका किताबभन्दा पनि बाह्य किताब रुचिकर लाग्छन् । उनी वैज्ञानिक तथ्य, योग, ध्यान र प्रेरणादायी पुस्तकहरु पढ्न मन पराउँछन् । किताब पढ्ने विभिन्न तरिका प्रयोग गर्न सके हरेक कुरा सम्झन सहज हुने उनी बताउँछन् ।

नेपालको शिक्षा प्रणाली देख्दा निकै दुुःख लाग्ने बताउँदै उनले शैक्षिक प्रणाली रटन्ते भएकाले विद्यार्थीको दिमागको प्रयोग कम भएको बताए । विश्वकै सबैभन्दा तेज स्मरणशक्ति भएका शर्मा झापाको भद्रपुर ८ मा एउटा मध्यमवर्गीय परिवारमा हुर्किएका थिए । शर्माले हालसम्म स्मरणशक्ति अन्तर्गतको २ वटा विधामा वल्र्ड रेकर्ड राखेको छन् ।

प्रकाशित मिति २०७८ असार १५ गते मङ्गलबार १०:४९
प्रतिक्रिया दिनुहोस्