सराङकोटमा दामोदर पौडेल ‘वैरागी’को घरदैलो, ‘सराङकोट धाम’ विकासमा जोड

सराङकोटमा दामोदर पौडेल ‘वैरागी’को घरदैलो, ‘सराङकोट धाम’ विकासमा जोड
२०८२ फाल्गुण १५ गते शुक्रबार ०६:१३

पोखरा, फागुन १५/ कास्की क्षेत्र नं ३ का उम्मेदवार दामोदर पौडेल ‘वैरागी’ ले आज सराङकोट क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। उनले सराङकोटलाई विश्व सामु चिनाउने लक्ष्यसहित ‘सराङकोट धाम’को समग्र विकासमा विशेष जोड दिएका छन्। वैरागीले...

पोखरा, फागुन १५/ कास्की क्षेत्र नं ३ का उम्मेदवार दामोदर पौडेल ‘वैरागी’ ले आज सराङकोट क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। उनले सराङकोटलाई विश्व सामु चिनाउने लक्ष्यसहित ‘सराङकोट धाम’को समग्र विकासमा विशेष जोड दिएका छन्।

वैरागीले पोखरा–१८ अन्तर्गत तोरीपानी, पदेली, ग्यारजाती पार्किङ, लामागाउँ लगायतका बस्तीहरूमा घरदैलो गर्दै स्थानीयसँग प्रत्यक्ष भेटघाट गरेका हुन्। उनले पर्यटनको अत्यधिक सम्भावना बोकेको यस क्षेत्रमा बाह्य लगानीकर्तालाई आकर्षित गर्न सहजीकरण हुने नीतिगत व्यवस्था आवश्यक रहेको औँल्याए।

“सराङकोट केवल सूर्योदय र प्याराग्लाइडिङको गन्तव्य मात्र होइन, यसलाई धार्मिक तथा सांस्कृतिक केन्द्रका रूपमा पनि विकास गर्न सकिन्छ,” वैरागीले भने, “पर्यटकीय पूर्वाधार विस्तार, सडक स्तरोन्नति, पार्किङ व्यवस्थापन र स्वच्छता प्रवर्द्धनमार्फत सराङकोटलाई अन्तर्राष्ट्रिय स्तरको गन्तव्य बनाउनुपर्छ।”

मतदाताहरूले विकासप्रेमी नेतृत्वको रूपमा वैरागीप्रति विश्वास व्यक्त गर्दै समर्थन र मत दिने प्रतिबद्धता जनाएका थिए।वैरागीले कास्की क्षेत्र नं। ३ लाई पर्यटकीय ‘हब’ का रूपमा विकास गर्न दीर्घकालीन योजना आवश्यक रहेको बताउँदै सराङकोटमा थप पर्यटकीय भौतिक संरचना निर्माण, निजी–सार्वजनिक साझेदारी मोडेलमा लगानी विस्तार र रोजगारी सिर्जनामा प्राथमिकता दिने प्रतिबद्धता दोहोर्‍याए।

प्रकाशित मिति २०८२ फाल्गुण १५ गते शुक्रबार ०६:१३
प्रतिक्रिया दिनुहोस्