चट्याङ लागेर तीन जनाको मृत्यु, एकको अवस्था गम्भीर,

चट्याङ लागेर तीन  जनाको मृत्यु, एकको अवस्था गम्भीर,
२०७८ असार १५ गते मङ्गलबार ०१:३५

चट्याङ लागेर पर्सामा तीन जनाको मृत्यु भएको छ।  मंगलबार बिहान ७ बजे भैंसी चराउन गएका बेला सखुवा प्रसौनी गाउँपालिका–४ देवरबानाका ५५ वर्षीय रघुवीर यादव र पटेर्वा सुगौली गाउँपालिका–१ गदियानीका २७ वर्षीय रसुल आद गदीको चट्याङ लागेर...

चट्याङ लागेर पर्सामा तीन जनाको मृत्यु भएको छ।  मंगलबार बिहान ७ बजे भैंसी चराउन गएका बेला सखुवा प्रसौनी गाउँपालिका–४ देवरबानाका ५५ वर्षीय रघुवीर यादव र पटेर्वा सुगौली गाउँपालिका–१ गदियानीका २७ वर्षीय रसुल आद गदीको चट्याङ लागेर ज्यान गएको हो।

उनीहरु मंगलबार पथलवाघाट तिर भैंसी चराउन गएका थिए। घटनामा चार जना घाइते भएका छन्। ती मध्ये एक जनाको अवस्था गम्भीर रहेको पर्सा प्रहरीले जनाएको छ। अन्य तीन जनाकाे अवस्था भने सामान्य रहेकाे छ।

गम्भीर घाइते हुनेमा सखुवा प्रसौनी गाउँपालिका राजवंशी महरा रहेको र उनको वीरगन्जको नारायणी अस्पतालमा उपचारका लागि ल्याउदै गरेको प्रहरीले जनाएको छ।

यस्तै आज बिहान नै खेतमा धान रोप्न गएकी पर्साकै जिराभवानी गाउँपालिका–३ जितपुरकी ५० वर्षिया असतुरनी देवी थरुनीको पनि चट्याङ लागेर ज्यान गएको छ। उनको चट्याङ लागेर घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति २०७८ असार १५ गते मङ्गलबार ०१:३५
प्रतिक्रिया दिनुहोस्