फेरि बढ्यो कोरोना, हरेक चारमा एक जनामा संक्रमण

फेरि बढ्यो कोरोना, हरेक चारमा एक जनामा संक्रमण
२०७८ असार १६ गते बुधबार ०५:४२

देशभर कोरोना संक्रमणदर उकालो लागेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ११ हजार पाँच सय ६८ जनाको कोरोना परीक्षण गर्दा थप दुई हजार ८ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै कोरोना संक्रमणबाट ४१ जनाको...

देशभर कोरोना संक्रमणदर उकालो लागेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ११ हजार पाँच सय ६८ जनाको कोरोना परीक्षण गर्दा थप दुई हजार ८ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै कोरोना संक्रमणबाट ४१ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिए। उनले तीन हजार पाँच सय ५७ जना कोरोनामुक्त भएको पनि बताए।

काठमाडौं उपत्यकामा थप पाँच सय ७२ जना संक्रमित व्यक्ति भेटिएका छन्। जसमा काठमाडौंमा चार सय ३६, ललितपुरमा एक सय ८९ र भक्तपुरमा ४७ जना रहेका छन्।

प्रवक्ता पौडेलले केही दिनदेखि संक्रमणदर बढ्दै गएको बताए। उनले भने, ‘पहिलाभन्दा अहिले संक्रमणदर बढेको पाइएको छ, अहिले चार जनामा कोरोना परीक्षण गर्दा १ जना भेटिने गरेका छन्,संक्रमणदर २६.३ प्रतिशत पुगेको छ।’ निषेधाज्ञा खुकुलाे भएकाले सबैले  स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न उनले अनुराेध गरे।

प्रकाशित मिति २०७८ असार १६ गते बुधबार ०५:४२
प्रतिक्रिया दिनुहोस्