पहिरोले पुरिएका २ जनालाई जीवितै उद्धार

पहिरोले पुरिएका २ जनालाई जीवितै उद्धार
२०७८ असार १७ गते बिहिबार ०२:१०

शुक्लागण्डकी नगरपालिका–८ स्थित फिर्दीको सिम्ले भन्ने स्थानबाट वर्षासँगै आएको पहिराले पुरिएका दुई जनाको जीवितै उद्धार गरिएको छ। वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले एकै घरका हजुरआमा र नातिको उद्धार गरिएको जानकारी दिए। उनका अनुसार...

शुक्लागण्डकी नगरपालिका–८ स्थित फिर्दीको सिम्ले भन्ने स्थानबाट वर्षासँगै आएको पहिराले पुरिएका दुई जनाको जीवितै उद्धार गरिएको छ।

वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले एकै घरका हजुरआमा र नातिको उद्धार गरिएको जानकारी दिए। उनका अनुसार यहाँका पाँच घर जोखिममा परेको छ। चेतबहादुर भुजेलको घरमा पहिरो आएको थियो। पहिरोमा पुरिएको घरबाट ५५ वर्षीया खगीमाया भुजेल र १४ वर्षीय विज्ञान भुजेललाई उद्धार गरिएको हो।

दुवै घाइतेलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ। पहिराले ९ बाख्रा र एउटा भैँसी पुरिएर मरेको छ। वडाध्यक्ष रेग्मीका अनुसार सोही वडाको डहरेवस्ती पूर्ण रुपमा जोखिममा परेको छ। ‘बाङ्गेखोलामा आएको बाढीले ४० घर जोखिममा छ, सुरक्षित रहन सबैलाई सूचित गरिसकिएको छ’, उनले भने, ‘उच्च जोखिममा रहेका घरका सामान सारिएको छ।’

वर्षाका कारण बाङ्गेखोला बढ्दा करिब एक हजार दुई सय रोपनीमा लगाइएको धानखेत पूर्ण रुपमा क्षति भएको छ।

प्रकाशित मिति २०७८ असार १७ गते बिहिबार ०२:१०
प्रतिक्रिया दिनुहोस्