पोखरा ,बैशाख १७/ रेडियो अन्नपूर्ण ९३ दशमलब ४ का वरिष्ठ कार्यक्रम सन्चालक तथा कार्यक्रम उत्पादक कविता श्रेष्ठ गण्डकी प्रदेशस्तरीय युवा सम्मानवाट विहिवार सम्मानित हुनुभएको छ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेशद्वारा आयोजित युवा प्रतिभा पहिचान तथा सम्मान कार्यक्रमु अन्तर्गत सन्चार विधामा उत्कृष्ट योगदान पु¥याउनु भएकोमा उहाँलाई सम्मान गरिएको हो ।
गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले सम्मान पत्र र प्रदेश सचिव डा। शेषनारायण पौडेलले दोसल्ला लगाएर उहाँलाई सम्मान गर्नुभएको हो।विगत २५ बर्ष देखि संचार क्षेत्रमा कार्यरत श्रेष्ठ विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा अनुसन्धान गर्दै सन्चार विज्ञको रूपमा काम गरिसक्नुभएको छ भने उहाँले काठमाडौ बिश्वबिद्यालयवाट सञ्चार बिषयमा विद्यावारिधी गर्दै हुनुहुन्छ । श्रेष्ठ संगै विभिन्न बिधामा अतुलनीय योगदान पुर्याउनुहुने १४ जना ४० वर्ष मुनिका युवालाई मन्त्रालयले गरेको हो ।










