पोखरा,बैशाख २४/ छैटौ माउन्ट अन्नपूर्ण एसर्ईई स्पोट्स फेष्ट बिहिवार पनि जारी रहेको छ । पोखरा ३ नदिपुर भिसि मार्गमा रहेको बिद्यालयले एसइई परीक्षा दिएर बसेका विद्यार्थीहरूको खाली समयलाई रचनात्मक र सिर्जनात्मक रूपमा सदुपयोग गर्ने उद्देश्यले छैटौ माउन्ट अन्नपूर्ण एसर्ईई स्पोट्स फेष्ट आयोजना गरेको हो । प्रतियोगिताको दोस्रो दिन बिहिवार छात्र भलिवल,छात्र छात्रा बाष्केटबलका खेलहरु भएको बिद्यालयका प्रिन्सिपल सइन्द्रराज श्रेष्ठले बताए। खेल अन्तरगर्त छात्र भलिवल तर्फ पर्बत बाजुङ ,जैमिनि, श्री राजस्तल, शान्त मावि,पोखरा युनाइटेड ए ,निश्पक्ष मावि ,शान्त बोइज,पोखरा युनाइटेड बि ,पिसि वाइ सि,टिम कास्की,पर्बत बाजुङको टिम क्वाटरफाइनमा पुगेका हुन् । त्यस्तै छात्रा भलिवल तर्फ,पोखरा युनाइटेड बि र पोखरा युनाइटेड ए फाइनल भिडने भएका हुन् । त्यस्तै छात्र बाष्केटबल तर्फ तल्लो शिख,जल्जला पर्बत,ढुङगेपाटन ,रघुगंगा बी,माउन्ट अन्नपूर्ण (मास)बिले फाइन पुगेका हुन् । प्रतियोगिता अन्तरगर्त टेबुलटेनिसका खेलहरु शुक्रवार हुनेछन् ।
त्यस्तै छात्रा बाष्केटबल तर्फ मर्दिखोला ए र माउन्ट अन्नपूर्ण (मास)बिच फाइन खेल हुने भएको इसिए डाइरेक्टर तेज बहादुर गुरुङले बताए । बुधवारबाट शुरु भएका सबै खेलहरुको समापन शुक्रवार हुनेछ । फेष्टमा छात्र,छात्रा बस्केटबल,भलिवल र टेवल टेनिसका खेल सञ्चालन सञ्चालन भइरहेका छन् । बास्केटबल छात्रतर्फको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने छात्रा तर्फको बिजेताले क्रमशः १५ हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै छात्र भलिवल तर्फ प्रथम पुरस्कार २० हजार र द्वितीय १० हजार रुपैयाँ रहेको छ भने छात्रातर्फ क्रमशः १२ हजार र ८ हजार रुपैयाँ पुरस्कार राखिएको छ । त्यस्तै टेवल टेनिस तर्फ छात्र तथा छात्रा एकल विधामा प्रतिस्पर्धा हुनेछ, जहाँ विजेताले ५ हजार र उपविजेताले ३ हजार पुरस्कार प्राप्त गर्ने इसिए डाइरेक्टर गुरुङले बताए ।
प्रतियोगितामा सहभागी हुने सबै विद्यार्थीहरू २०८२ सालको एसइई परीक्षा दिएर बसेका बिद्यार्थीहरु भएको प्सटु कोअडिनेटर तथा कार्यक्रम संयोजक गोबिन्द सुवेदीले बताए । प्रतियोगिताको मूल उद्देश्य विद्यार्थीहरूलाई खेलकुदमार्फत अनुशासन, सहकार्य, आत्मविश्वास र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गराउनु रहेको प्रशासक चित्र गुरुङले बताए ।गण्डकी प्रदेशकै पहिलो निजी तहबाट सञ्चालित विद्यालयको रुपमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयले बिगत १७ बर्ष देखि म्यानेजमेन्ट,होटल म्यानेजमेन्ट र माउंटेनियरिंङ बिषयमा कक्षा १२ सम्म पढाई हुदै आइरहेको छ । बिद्यालयले यसै वर्षदेखि कम्प्युटर साइन्सको पनि पढाइ शुरु गर्न लागेको छ ।










