अफिन गण्डकी प्रदेशको सातौं वार्षिक साधारण सभा दीर्घसेवा सम्मानबाट ५ जना सम्मानित

अफिन गण्डकी प्रदेशको सातौं वार्षिक साधारण सभा दीर्घसेवा सम्मानबाट ५ जना सम्मानित
२०८३ जेठ ९ गते शनिवार ०६:५९

पोखरा, जेठ ९/ निजी अस्पतालहरुको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपाल अफिन गण्डकी प्रदेशको सातौं वार्षिक साधारण सभा तथा दीर्घसेवा सम्मान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य...

पोखरा, जेठ ९/ निजी अस्पतालहरुको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपाल अफिन गण्डकी प्रदेशको सातौं वार्षिक साधारण सभा तथा दीर्घसेवा सम्मान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डेले निजी स्वास्थ्य संस्थाहरूले प्रदेशको स्वास्थ्य सेवा विस्तारमा महत्वपूर्ण योगदान पु¥याएको बताएका छन्। उनले सरकारी तथा निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक रहेको उल्लेख गरे।

मन्त्री पाण्डेले स्वास्थ्य क्षेत्रमा देखिएका चुनौती समाधानका लागि सबै पक्षबीच समन्वय र सहकार्य अपरिहार्य रहेको धारणा राखे। कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष कपिल पोखरेल ले निजी स्वास्थ्य संस्थाहरूले देशको स्वास्थ्य सेवा प्रवाहमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताए। उनले गुणस्तरीय, सहज र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न निजी क्षेत्र निरन्तर प्रतिबद्ध रहेको उल्लेख गरे। अध्यक्ष पोखरेलले स्वास्थ्य क्षेत्रमा देखिएका चुनौती समाधानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको धारणा राख्दै निजी अस्पतालहरूले अत्याधुनिक प्रविधि, दक्ष जनशक्ति तथा सेवा विस्तारमार्फत नागरिकको विश्वास जित्दै आएको बताए। उनले स्वास्थ्य क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्दै निजी स्वास्थ्य संस्थाप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताए।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव युवानिधि बसौला, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेल, निर्वतमान अध्यक्ष डा। गिरिधारी शर्मा, संस्थाका सदस्य महेन्द्र केसी लगायतले मन्तव्य व्यक्त गरेका थिए। यसैबीच कार्यक्रममा संस्थाले स्वास्थ्य क्षेत्रमा योगदान पु¥याएबापत पाँच जनालाई दीर्घ सेवा सम्मान प्रदान गरेको छ। सम्मानित हुनेहरूमा डाक्टर बुद्धि बहादुर थापा, रेडियोलोजी विभागबाट कृष्ण कोइराला, नर्स बिभागबाट निलम महर्जन, फार्मेसी विभागतर्फ चेत बहादुर गुरुङ तथा प्रयोगशाला विभागबाट नारायणमान श्रेष्ठ रहेका छन्।

प्रकाशित मिति २०८३ जेठ ९ गते शनिवार ०६:५९
प्रतिक्रिया दिनुहोस्