पोखरा,जेठ २१/ पोखरा अन्तराष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पोखराका पत्रकार सगँ छलफल तथा अन्तरक्रिया गरेको छ।बिहिवार संस्थाको कार्यलयमा भएको छलफलत तथा अन्तरक्रियामा मञ्चका पदाधिकारी तथा पत्रकारहरुको सहभागिता रहेको थियो । छलफल कार्यक्रमको उदेश्य मञ्चले आयोजना गर्ने बार्षिक दौड कार्यक्रम अन्तरगर्त हुने मासिक दौड सञ्चालन गर्ने बिषयमा छलफल भएको मञ्चका अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिए ।
छलफलमा बोल्दै मञ्चका अध्यक्ष दिल बहादुर गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई केवल वार्षिक कार्यक्रमका रूपमा सीमित नराखी वर्षभरिनै दौड संस्कृतिको विकास गर्न मासिक दौड कार्यक्रम सञ्चालन गर्न लागिएको बताए ।
अध्यक्ष गुरुङले नियमित दौड गतिविधिले खेलाडी उत्पादन, स्वस्थ जीवनशैलीको प्रवद्र्धन तथा खेलप्रति नागरिकको आकर्षण बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
मञ्चका पुर्व अध्यक्ष एब्म मासिक दौड कार्यक्रमका रेस डाइरेक्टर तेज बहादुर गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सफलतामा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको भन्दै आगामी मासिक दौड कार्यक्रमलाई पनि व्यापक रूपमा प्रचारप्रसार गरी जनस्तरसम्म पु¥याउन पत्रकारहरूलाई आग्रह गरे । उनले आगामि असार ६ गते आयोजना हुने दौड पोखरा महानगरपालिका वडा नम्बर १ ले सहकार्य गरेको जानकारी दिदै उक्त दौड वडा नम्बर १ बाट शुरु हुने उल्लेख गरे । छलफलमा पत्रकारहरु कृष्ण बास्तोला, भरत कोइराला, दिपेन्द्र श्रेष्ठ, राम बहादुर थापा नारायण पौडेल लगाएतले मञ्चले आयोजना गर्ने मासिक दौडको लागिको सुझाव दिइएका थिए ।
छलफलमा पत्रकार तथा मञ्चका पूर्व अध्यक्ष हरि प्रसाद पराजुली,सचिव महेश पौडेल लगाएतको सहभागिता रहेको थियो । मञ्चले हप्ताको पहिलो शनिवार साप्ताहिक तथा मासिक दौड कार्यक्रम अन्तगर्त १८ औँ श्रृङखलाको ५ किमि दौड आयोजना गदै छ । उक्त दौडमा १६ बर्ष मुनिका बिद्यार्थी छात्र÷छात्रा, खुला महिला, पुरुष र पोखरा महानगरपालिका वडा नम्बर १ स्तरिय आमा समुह सदश्यहरुको दौड हुनेछ । दौडलाई ओलम्पिक डे रन नाम दिइएको रेस डाइरेक्टर तेज बहादुर गुरुङले उल्लेख गरे । दौडको मुख्य प्रायोजकको रुपमा प्रभु महालक्ष्मी लाईभ इन्स्योरेन्स, नेपाल ओलम्पिक कमिटि, प्रदेश खेलकुद परिषद कास्की वडा नम्बर ७ रहेको छन् ।










