पोखरा, जेठ २२/ पोखरा ३ नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माविले विश्व वातावरण दिवसको अबसर पारेर सरसफाइ कार्यक्रम आयोजना गरेको छ ।बिद्यालयले विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरी विद्यालय वरिपरिका साथै बिन्दाबासिनी बसपार्क, पोखरा बाग्लुङ राजमार्ग, अर्चलबोट,भैरवटोल नदिपुर लगाएत क्षेत्रमा सरसफाई गरेको हो । वातावरण संरक्षण र सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालय प्रशासनले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा २ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले कक्षा ९ मा अध्यरतन छात्रा आर यु क्बलका अध्यक्ष आयुसा जिसीलाई सरसफाई सामाग्रीहरु हस्तान्तरण गरेर कार्यक्रम शुभारम्भ गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा २ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले स्वच्छ वातावरण निर्माणका लागि विद्यालयस्तरबाट सञ्चालन हुने यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। उनले वातावरण संरक्षण केवल एक दिनको अभियानमा सीमित नरही दैनिक जीवनशैलीको हिस्सा बन्नुपर्ने उल्लेख गर्दै माउन्ट अन्नपूर्ण बिद्यालयले संयोजन गरेको कार्यक्रमले समाजमा सकरात्मक सन्देश दिने बताए ।
विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले विश्व वातावरण दिवसले वातावरण संरक्षणप्रति सबैलाई जिम्मेवार बन्न प्रेरित गर्ने बताए । उनले विद्यालयले विद्यार्थीमा वातावरणीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको उल्लेख गरे ।
बिद्यालयका अतिरिक्त क्रियाकलाप निर्देशक तेजबहादुर गुरुङले वातावरण संरक्षणका लागि व्यवहारिक अभ्यास आवश्यक रहेको बताए । उनले विद्यार्थीलाई सानैदेखि सरसफाइ र वातावरणीय सचेतनासम्बन्धी गतिविधिमा सहभागी गराउँदा सकारात्मक संस्कारको विकास हुने धारणा राखे । ‘एक दिन मात्र फोहोर टिपेर समस्याको स्थायी समाधान त हुँदैन, तर हामी समाजलाई एउटा सकारात्मक सन्देश दिन चाहन्छौँ ’गुरुङले थपे ।
आर यु क्बलका अध्यक्ष आयुसा जिसीले वातावरण संरक्षणका लागि सबैको साझा प्रयास आवश्यक रहेको बताइन्। उनले सरसफाइ अभियानले विद्यार्थीहरूमा वातावरणप्रति जिम्मेवारीबोध बढाउने विश्वास व्यक्त गर्दै घर, विद्यालय तथा सार्वजनिक स्थानहरूलाई स्वच्छ राख्न सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्नेमा जोड दिइन्।
यसै बिच बिद्यालयले उक्त दिवसको अबसर पारेर निवध लेखन प्रतियोगिता र बिद्यालय परिसरमा बृक्षरोपण कार्यक्रम समेत सम्पन्न गरेको एकेडेमिक हेड सेजल बिजुक्छेले बताइन् । कार्यक्रमको सञ्चालन शिक्षक दुर्गा दत्त सुवेदीले गरेका हुन् ।
संयुक्त राष्ट्र सङ्घीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस विश्वभर मनाउने गरिन्छ । सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।






oplus_0

oplus_0

oplus_0


















