मानसिक स्वास्थ्य तथा मनोसामाजिक अपाङ्गता सम्बन्धी कार्यक्रमका लागि बजेट विनियोजन गर्न माग

मानसिक स्वास्थ्य तथा मनोसामाजिक अपाङ्गता सम्बन्धी कार्यक्रमका लागि बजेट विनियोजन गर्न माग
२०८३ असार ४ गते बिहिबार ०८:३९

पोखरा असार ४/ मानसिक स्वास्थ्य तथा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूका लागि लक्षित कार्यक्रम तथा बजेट विनियोजन गर्न माग गर्दै पोखरा महानगरपालिकामा ध्यानाकर्षण गराइएको छ। मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूको तर्फबाट महानगरपालिकालाई...

पोखरा असार ४/ मानसिक स्वास्थ्य तथा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूका लागि लक्षित कार्यक्रम तथा बजेट विनियोजन गर्न माग गर्दै पोखरा महानगरपालिकामा ध्यानाकर्षण गराइएको छ।

मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूको तर्फबाट महानगरपालिकालाई बुझाइएको ज्ञापनपत्रमा पोखरा महानगरभित्र मानसिक तथा मनोसामाजिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूको संख्या उल्लेखनीय भए पनि धेरैजना अझै खुल्न नसकेको अवस्था रहेको जनाइएको छ। ज्ञापनपत्रमा मनोसामाजिक अपाङ्गता कुनै रोग वा कमजोरी नभई सामाजिक दृष्टिकोण, विभेद र अवसरको कमीका कारण सिर्जित अवस्था भएको उल्लेख गरिएको छ। गलत धारणा र कलङ्कका कारण प्रभावित व्यक्तिहरूले आफ्नो अवस्था खुलेर व्यक्त गर्न नसक्ने, सेवा तथा अधिकारबाट वञ्चित हुनुपर्ने अवस्था अझै विद्यमान रहेको भन्दै समुदाय तहदेखि नै समावेशीकरण, सम्मान र समान अवसर सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

महानगरपालिकाले विगतका वर्षहरूमा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएकोमा धन्यवाद व्यक्त गर्दै ज्ञापनपत्रमा ती कार्यक्रमहरूले प्रत्यक्ष रूपमा सबै प्रभावित व्यक्तिसम्म अपेक्षित लाभ पु¥याउन नसकेको उल्लेख गरिएको छ।आगामी आर्थिक वर्ष २०८३÷८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेटमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम समावेश गर्न अनुरोध गरिएको छ। साथै, कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायसँग सहकार्य र साझेदारी गर्न आफूहरू प्रतिबद्ध रहेको जनाइएको छ।

ज्ञापनपत्र बुझदै पोखरा महानगरपलिका स्वास्थ्य महाशाखा प्रमुख भरत राज पौडेल र शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आर्चायले मानसिक स्वास्थ्य तथा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूका लागि लक्षित कार्यक्रम तथा बजेट विनियोजन गर्नको लागि बिषेश पहल गर्ने बताएका थिए । ज्ञापनपत्र बुझाउने क्रममा कोशिश कास्कीका प्रतिनिधि र पालिका स्तरको स्वाबलम्बन समुहका प्रतिनिधि समावेशी पैरवी समुहका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रकाशित मिति २०८३ असार ४ गते बिहिबार ०८:३९
प्रतिक्रिया दिनुहोस्