पोखरा,असार १२/ पोखरा ३,नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक बिद्यालये कक्षा ११ का नवआगन्तुक बिद्यार्थीहरुका लागि शुक्रबार स्वागत तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तिर्ण भएर कक्षा ११ मा भर्ना भएका म्यानेजमेन्ट,होटल म्यानेजमेन्ट ,माउंटेनियरिंङ र कम्प्युटर साइन्स बिषयका विद्यार्थीका लागि उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख स्रोत ब्यक्ति रेस्टुरेन्ट एण्ड बार एसोसिएसन पोेख।. (रेबान) अध्यक्ष विश्वराज पौडेलले विद्यार्थी जीवन नै भविष्य निर्माणको महत्वपूर्ण आधार भएकाले सुरुदेखि नै स्पष्ट लक्ष्य निर्धारण गरी अनुशासित ढंगले अध्ययनमा लाग्न आग्रह गरे।
उनले अहिलेको प्रतिस्पर्धात्मक युगमा शैक्षिक योग्यतासँगै व्यावहारिक सीप, सकारात्मक सोच, नेतृत्व क्षमता र सञ्चार कौशलको विकास अपरिहार्य रहेको बताए। होटल तथा पर्यटन क्षेत्र नेपालका लागि उच्च सम्भावना बोकेको क्षेत्र भएकाले यससँग सम्बन्धित विषय रोजेर अध्ययन गर्ने विद्यार्थीले अन्तर्राष्ट्रिय स्तरमा समेत उत्कृष्ट अवसर प्राप्त गर्न सक्ने उनको भनाइ थियो।गण्डकी प्रदेशमा पर्यटनका बिभिन्न गतिबिधिहरु बढि हुने हुदा पढाई पश्चात कामको अवसर प्राप्त गर्न सहज हुने उनले उल्लेख गरे ।बिद्यालयका प्रिन्सिपल सइन्द्रराज श्रेष्ठले समयसापेक्ष शिक्षालाई परिमार्जित गर्न माउन्ट अन्नपूर्ण हरदम प्रयासरत रहने विचार व्यक्त गरे ।उनले बिद्यालयले शिक्षा सगैँ अत्तिरिक्त क्रियाकलापहरुमा पनि विशेष जोड दिदै आइरहेको जनाए ।
विद्यालयका अतिरिक्त क्रियाकलाप निर्देशक तेज बहादुर गुरुङले कक्षा ११ मा अध्ययन सुरु गर्नु विद्यार्थी जीवनको महत्वपूर्ण चरण भएको उल्लेख गर्दै नयाँ विद्यार्थीलाई विद्यालयको शैक्षिक वातावरण, अनुशासन, जिम्मेवारी र अवसरबारे जानकारी गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताए । उनले विद्यालयले पाठ्यपुस्तकमा आधारित शिक्षासँगै व्यवहारिक, सीपमूलक र व्यक्तित्व विकासका, माइन्डफुलनेसका गतिविधि सगैँ प्रगतिशिल तथा मुल्य मन्यतामा आधारित शिक्षालाई लाई पनि समान प्राथमिकता दिँदै आएको उल्लेख गरे।
कार्यक्रममा होटल म्यानेजमेन्टका विभागका विभागीय प्रमुख शेर सिंह गुरुङले होटल व्यवस्थापन विषयको महत्व र सम्भावनाबारे जानकारी गराएका थिए । उनले नेपालमा पर्यटन उद्योगको तीव्र विस्तारसँगै दक्ष जनशक्तिको माग निरन्तर बढिरहेको उल्लेख गर्दै होटल व्यवस्थापन अध्ययनले विद्यार्थीलाई स्वदेशमै मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत रोजगारीका प्रशस्त अवसर उपलब्ध गराउने बताए। गुरुङले होटल व्यवस्थापन केवल सैद्धान्तिक विषय नभई व्यावहारिक, सीपमूलक र व्यवसायमुखी शिक्षा भएको स्पष्ट पारे।
कार्यक्रममा पूर्व अध्यक्ष एबम् वोड सदश्य चिजकाजि गुरुङ, प्रशासक चित्र गुरुङ,बोर्ड सदश्यहरु गिरि प्रसाद गुरुङ,झम गुरुङ, प्सटु कोअडिनेटर गोविन्द सुवेदी, कक्षा ११ का छात्रा प्रतिक्षा तामाङ त्यस्तै कक्षा १२ का छात्रा प्रति पाइजा, प्लस टु डिर्पाट हेड,लगाएत बिद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । सोहि अवसरमा बिद्यालयमा अन्तर्राष्ट्रिय ओलम्पिक दिवस पारेर आयोजना गरिएको निवन्ध प्रतियोगिता बिजेता बिद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
बिद्यालयका प्रिन्सिपल सइन्द्रराज श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सञ्चालन कक्षा १२ का छात्रा सोनि गिरी र जेनिफा गुरुङले गरेका हुन् । गण्डकी प्रदेशकै पहिलो निजी तहबाट सञ्चालित विद्यालयको रुपमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयले बिगत १७ बर्ष देखि म्यानेजमेन्ट,होटल म्यानेजमेन्ट ,माउंटेनियरिंङ र कम्प्युटर साइन्सको बिषयमा कक्षा १२ सम्म पढाई हुदै आइरहेको छ ।















