डेभिज फल सहकारीको रक्तदानमा ५१ यूनिट रगत सङकलन

डेभिज फल सहकारीको रक्तदानमा ५१ यूनिट रगत सङकलन
२०८३ असार २९ गते सोमबार ०१:२०

पोखरा,असार २९/ पोखरा १७ विरौटामा रहेको डेभिज फल बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ५१ यूनिट रगत संकलन भएको छ । संस्थाले आफ्नो स्थापनाको १५ औँ वार्षिकोत्सवको अवसर पारेर सोमवार आयोजना गरेको कार्यक्रममा...

पोखरा,असार २९/ पोखरा १७ विरौटामा रहेको डेभिज फल बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ५१ यूनिट रगत संकलन भएको छ ।

संस्थाले आफ्नो स्थापनाको १५ औँ वार्षिकोत्सवको अवसर पारेर सोमवार आयोजना गरेको कार्यक्रममा ५१ जनाले रक्तदान गरेका हुन् ।कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भिमबहादुर कार्कीले पहिलो रक्तदाता संस्थाका प्रबन्धक यज्ञ प्रसाद भण्डारीलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।

उद्घाटन पछि बोल्दै मन्त्री कार्कीले सहकारीहरुले आर्थिक र सामाजिक क्षेत्रमा धेरै काम गरेको बताए । उनले सामाजिक उत्तरदायीत्व अन्र्तगत सहकारीले रक्तदानको आयोजना गरेकोमा संस्थाको प्रशंसा गरे । केही सहकारीले आर्थिक र वित्तिय अनुशासन कायम नगर्दा अन्य सहकारीलाई पनि अप्ठेरो परिरहेको उनले गुनासो गरे ।

संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक राजेन्द्र थापाले २०६८ सालमा स्थापना भएको सहकारीले निरन्तर रुपमा रक्तदान कार्यक्रम अयोजना गदै आइरहेको बताए । संयोजक थापाले रक्तदान जीवनदान भएकाले संस्थाले वार्षिकोत्सवलाई समाजसेवासँग जोडेर कार्यक्रम आयोजना गरेको बताए । उनले संकलित रगतले आकस्मिक तथा नियमित उपचारका क्रममा रगत आवश्यक पर्ने बिरामीलाई राहत पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा रक्त संचार केन्द्र पोखराको प्राविधिक सहयोग रहेको थियो ।

यस्तै कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २२ का वडा सदश्य कृष्ण कुमारी पौडेल,वरिष्ठ समाजसेवि चन्द्रकान्त वराल,संस्थाका सल्लाकारहरु देवि बहादुर थापा,युवक लामिछाने,लेखनाथ वराल ‘गोपि’ गुरुकुलका प्राचार्य विजयराज आचार्य,गुप्तेश्वर क्याम्पसका अध्यक्ष ग्याज शर्मा, लोक कल्याणकारी सहकारीका अध्यक्ष पूर्णदिप सिक्देल, संस्थाका प्रबन्धक यज्ञ प्रसाद भण्डारी,संस्थाका शेयर सदश्यहरु, कर्मचारी लगाएतको सहभागिता रहेको थियो ।संस्थाका अध्यक्ष राजन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रकाश सुवेदीले गरेका हुन् ।

प्रकाशित मिति २०८३ असार २९ गते सोमबार ०१:२०
प्रतिक्रिया दिनुहोस्