पोखरा, साउन १० /पोखराको सिर्जनाचोकमा रहेको अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले ब्याचलर अफ इनफर्मेसन टेक्नोलोजी ९बीआईटी० अध्यापन सुरु गर्ने भएको छ ।
कलेजले आइतबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै ८ सेमेष्टर रहेको ४ वर्षे बीआईटी कोर्ष अध्यापन गराउन लागेको जानकारी दिएको हो । ४ वर्षे कोर्षको लागि ९ लाख ६० हजार रुपैयाँ शुल्क लाग्ने छ ।
कलेजले ४ ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी९बीआइटी० का कक्षा सञ्चालन गर्नका लागि केयुबाट आधिकारिक सम्बन्धन प्राप्त गरेको छ ।
वीआइटी अध्ययनका लागि आगामी अगस्ट ४ तारिख अर्थात साउन १९ गतेदेखि भर्ना खुल्ने सो अवसरमा जानकारी दिइएको छ । वीआईटीका लागि ३० जनाको सिमित सिट रहेको छ । अगस्ट २५ अर्थात भदौं ९ गतेबाट कक्षा सञ्चालन हुने बताइएको छ ।
कलेजले आफ्ना आईटी, हाइड्रोपावर, खाद्यान्न तथा इन्जिनियरिङ क्षेत्रका भगिनी संस्थाहरु सिस्टर कन्र्सन इन्डसट्रिज सगँको सहकार्यमा विद्यार्थीहरुका लागि ‘सिक्दै कमाउँदै’ मोडलको बारेमा जानकारी दिएको छ ।
अशोका कलेजमा अध्ययन गर्ने विद्यार्थीले सिक्दै कमाउँदैं मोडल अन्तर्गत अध्ययनकै क्रममा पार्ट टाइम जव अर्थात कलेजका साझेदार उद्योगहरुमा पारिश्रमिकसहितको काम गर्ने अवसर पाउने जनाइएको छ ।
यस्तै ‘सिक्दै कमाउँदै’ मोडेल अन्तर्गत आर्थिक आत्मनिर्भरता, नयाँ सफ्टवेयर प्रोजेक्ट र टेक स्टार्टअपका लागि विशेष स्र्टाटअप सेल र मेन्टरसिप कलेजले प्रदान गर्ने पत्रकार सम्मेलनमा बताइएको छ ।
काठमाडौं विश्वविद्यालयको अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रम अन्तर्गत विद्यार्थीहरुले आर्टिफिसियल इन्टेलिजेन्स ९ एआई० र मेसिन लर्निङ, आधुनिक प्रोग्रामिङ र सफ्टवेयर डेभलपमेन्ट, नेटवर्क सेक्युरिटी र साइबर सुरक्षा, डाटाबेस सिस्टम र क्लाउड कम्प्युटिङ लगायतका विषयमा दक्षता हासिल गर्ने काठमाडौं विश्वविद्यालयका साइन्स एण्ड टेक्नोलोजीका पंकज दवाडीले बताए ।
अशोका स्कुलका अध्यक्ष श्रीराम पाण्डेले यो कार्यक्रममा सहभागी विद्यार्थीहरुले पढ्दै कमाउँदै गर्ने अवसर प्राप्त गर्नुका साथै कलेज सकिने वित्तिकै विभिन्न अबसर प्राप्त हुने जानकारी दिए । उनले काठमाडौं विश्वविद्यालयका सम्पूर्ण प्राबधान आफूहरुले पूरा गरेको भन्दै उत्कृष्ठ पढाइ हुने बताए ।
काठमाडौं विश्वविद्यालयका साइन्स एण्ड टेक्नोलोजी विभाग प्रमुख पंकज दवाडीले चार वर्षको कोर्ष रहेको र ८ वटा समेस्टर पढेपछि विद्यार्थीले सम्बन्धित फिल्डमा काम पाउने बताए । यस अघि काठमाडौं विश्वविद्याल सम्बन्धन प्राप्त गरि पोखारामा प्रतिभा बिजनेश स्कुलमा पनि सोहि कार्यक्रमको पढाई शुरु हुन लागेको छ ।










