माउन्ट अन्नपूर्णका विद्यार्थी फिस्टेल लजमा

माउन्ट अन्नपूर्णका विद्यार्थी  फिस्टेल लजमा
२०८३ साउन ११ गते सोमबार ०७:५५

पोखरा, साउन ११/ पोखरा ३ नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयका विद्यार्थी फिस्टेल लजमा पुगेका छन् । बिद्यालयले सञ्चालन गर्दै आएको ‘शैक्षिक संस्था र उद्योगहरुबीचको सहकार्यबाट भविष्य निर्माण’ अभियान अन्तर्गत...

पोखरा, साउन ११/ पोखरा ३ नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयका विद्यार्थी फिस्टेल लजमा पुगेका छन् । बिद्यालयले सञ्चालन गर्दै आएको ‘शैक्षिक संस्था र उद्योगहरुबीचको सहकार्यबाट भविष्य निर्माण’ अभियान अन्तर्गत कक्षा ११ का १ सय ६० जना विद्यार्थीले पोखराको लेकसाइडमा रहेको फिस्टेल लज मा औद्योगिक अध्ययन भ्रमण गरेका हुन् ।

विद्यार्थीलाई उद्योगसँग प्रत्यक्ष रूपमा जोड्दै व्यावहारिक सिकाइको अवसर प्रदान गर्ने उद्देश्यले औद्योगिक अध्ययन भ्रमण गरिएको प्लटु एकेडेमिक कोअडिनेटर गोबिन्द सुवेदीले बताए । अवलोकनको क्रममा फिस्टेलमा लजमा रहेको फुड एण्ड बेभरेजको बारेमा प्रबन्धक कृष्ण लामिछाने जानकारि गराएका थिए भने,होटल सञ्चालनका विभिन्न विभाग आतिथ्य सत्कार उद्योगमा उपलब्ध करियरका सम्भावनाको बारेमा गेस्ट रिलेसन अफिसर हेलन थापाले जानकारी गराएकि थिइन् ।

सेवा क्षेत्रमा आवश्यक व्यावसायिक दक्षता, अनुशासन, सकारात्मक कार्यसंस्कृति तथा उत्कृष्ट ग्राहक सेवाको महत्वबारे विद्यार्थीहरूलाई जानकारी गराउँदै आतिथ्य क्षेत्रका सम्भावनाबारे प्रेरणादायी प्रस्तुति लजको तर्फबाट दुवै जनाले प्रस्तुत गरेका थिए । सोहि अवसरमा लजका प्रबन्धक लामिछानेले माउन्ट अन्नपूर्णका पूर्वविद्यार्थी सगुन साई ठाकुरीले फिस्टेल लजमा तीन वर्षसम्म फ्रन्ट अफिस म्यानेजरका रूपमा सफलतापूर्वक सेवा प्रदान गरेको उल्लेख गरे।
प्रबन्धक लामिछानेले फिस्टेल लज र माउन्ट अन्नपूर्ण मा.बि बिच लामो समयदेखि रहेको सहकार्यलाई निरन्तरता दिँदै भविष्यमा पनि अध्ययन भ्रमण, इन्टर्नसिप तथा व्यावसायिक क्षमता विकासका कार्यक्रममार्फत विद्यालयसँग सहकार्यलाई अझ सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरे ।

भ्रमणका क्रममा विद्यार्थीहरूले होटलका विभिन्न विभागको प्रत्यक्ष अवलोकन गर्दै आतिथ्य उद्योगको वास्तविक कार्यप्रणाली, सेवा व्यवस्थापन प्रणाली तथा व्यावसायिक अभ्यासबारे व्यवहारिक अनुभव हासिल गरेका थिए।विद्यालयका अनुसार यस्ता औद्योगिक अध्ययन भ्रमणले कक्षाकोठामा हासिल गरिएको सैद्धान्तिक ज्ञानलाई व्यवहारिक अनुभवसँग जोड्नुका साथै विद्यार्थीहरूलाई भविष्यको पेशागत जीवनप्रति थप प्रेरित बनाउने विश्वास लिइएको छ। गएको शनिवार र आइतबार दुई चरणमा सञ्चालन गरिएको कार्यक्रममा प्रिन्सिपल सइन्द्रराज श्रेष्ठ, इसिए डाइरेक्टर तेज बहादुर गुरुङ, बोड अफ डाइरेक्टर चिज काजि गुरुङ एच एम डिपार्टमेन्ट हेड विकास गुरुङ,कर्मा लामा सन्दिप थापा ,शिवराज काफ्ले, लेखा संयोजक नवराज शर्मा लगाएतको सहभागिता रहेको थियो । गण्डकी प्रदेशकै पहिलो निजी तहबाट सञ्चालित विद्यालयको रुपमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयले बिगत १७ बर्ष देखि म्यानेजमेन्ट,होटल म्यानेजमेन्ट ,माउंटेनियरिंङ र कम्प्युटर साइन्स बिषयमा कक्षा १२ सम्म पढाई हुदै आइरहेको छ ।

प्रकाशित मिति २०८३ साउन ११ गते सोमबार ०७:५५
प्रतिक्रिया दिनुहोस्