पोखरा,साउन १७/ डान्स गण्डकी डान्स सजिन २ को उपाधी सिनियर तर्फ कुमुदिनी होम्स स्कुलकी सेफिका गुरुङ र जुनियर तर्फ स्पाइरल ग्यालेक्सी माविकि सिरिना गुरुङले जित्न सफल भएका छन्।नन्द इन्टरटेन्मेन्ट हाउसको आयोजना तथा इन्टरनेशनल कलेज अफ अप्लाइड साइन्स (आइक्यास)को मुख्य प्रायोजनमा शनिवार पोखरामा भएको ग्रान्ड फिनालेमा दुबै तर्फ भएका चार, चार जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनिहरुले उपाधि जित्न सफल भएका हुन्।
उपाधि सगैँ उनिहरुले ट्रफि गिप्ट ह्याम्पर र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै सिनियर तर्फ फष्ट रनरअफमा प्रमिसा अधिकारी, सेकेन्ड रनरअफमा सुदिक्षा सुनार,थड रनरअफमा रेवा गरी,र फोर्थ रनरअफमा विनया कुमालले प्राप्त गर्न सफल भए । त्यस्तै जुनियर तर्फ फष्ट रनरअफमा आयुष्मा थापा, सेकेन्ड रनरअफमा सृष्टि तिमिल्सिना, थड रनरअफमा अनन्या क्षेत्री र फोर्थ रनरअफमा नाइशा गुरुङ बन्न सफल भइन् । उनिहरुले गिप्ट ह्याम्पर सगैँ प्रमाणपत्र प्राप्त गरे । कार्यक्रममा प्रमुख निर्णायकको भुमिकामा गीतकार तथा पत्रकार आरजु विष्ट ‘सल्यानी’ गण्डकी प्रदेश नृत्य संघका अध्यक्ष धमेन्द्र पौडेल,मगर चलचित्रकि नाइका सष्मिता पुन, र अभिनेता राम प्रसाद गुरुङ रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदश्य राज कुमारी भुजेलले सबैको प्रतिभा देखेर आफु प्रफुल्लित भएको बताइन् । यस्ता कार्यक्रमले लुकेर रहेको प्रतिभाको प्रस्फुटन गर्न सहयोग पुग्ने उनको भनाई थियो। लेडी जेसिज २०२६ का अध्यक्ष जेसी सुनिता गौतम भण्डारीले नृत्य मनोरञ्जनको माध्यम मात्र नभई संस्कृति, सिर्जनशीलता र व्यक्तित्व विकासको महत्वपूर्ण आधार भएको बताउँदै यस्ता प्रतियोगिताले नयाँ प्रतिभा पहिचान र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखिन्। कार्यक्रममा नेपाल चाइल्ड स्टार, पोखरा चाइल्ड स्टार,गण्डकी स्टारका बिजेताले आफ्नो प्रस्तुति राखेका थिए ।
इन्टरनेशनल कलेज अफ एप्लाइड साइन्स (आइकास) पोखराका प्रवन्ध निर्देशक समिर थापाको अध्यक्षतामा भएको कार्यक्रममा जेसिज बर्ष २०२६का अध्यक्ष सुमन पहारी, एन प्याब्सन कास्की जिल्ला अध्यक्ष रोशन कोइराला, गायिका दिल कुमारी खाड,युवा ब्यवसायि मनोज कुमार मोर,नेपाल चाईल्ड स्टारका बिजेता अयान तिवारी,ब्यवसायि कमल खनाल लगाएतको सहभागिता रहेको थियो। कार्यक्रमको संचालन संचारकर्मि, कुशल सञ्चालक दीपेन्द्र शाहीले गरेका थिए । नन्द इन्टरटेन्मेन्ट हाउसले यस अगाडि गण्डकी स्टार ,पोखरा चाईल्ड स्टार ,सोसल अवार्ड जस्ता कार्यक्रमहरु गदै आइरहेको छ ।










