टहरोमाथि टिपर खस्यो, सुतिरहेका दम्पतिको मृत्यु

टहरोमाथि टिपर खस्यो, सुतिरहेका दम्पतिको मृत्यु
२०७८ असार १९ गते शनिवार ०६:०३

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा एक टिपर सडकबाट तल खस्दा दुई जनाको मृत्यु भएको छ । बौद्ध प्रहरीले दिएको जानकारी अनुसार शनिबार बिहान दुर्घटना भएको हो । बा ५ ख २५११ नम्बरको टिपर सडकमुनिको एक टहरोमा खसेको हो । सो टहरोमा...

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा एक टिपर सडकबाट तल खस्दा दुई जनाको मृत्यु भएको छ ।

बौद्ध प्रहरीले दिएको जानकारी अनुसार शनिबार बिहान दुर्घटना भएको हो । बा ५ ख २५११ नम्बरको टिपर सडकमुनिको एक टहरोमा खसेको हो । सो टहरोमा सुतिरहेका एक दम्पतीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ५३ वर्षीय साइँला तामाङ र उनकी श्रीमती ५५ वर्षीया जयन्ती तामाङ रहेका छन् ।

प्रकाशित मिति २०७८ असार १९ गते शनिवार ०६:०३
प्रतिक्रिया दिनुहोस्