पोखरा ३१ पचभैयामा कार दुर्घटना हुँदा व्यवसायी रेशम थापाको मृत्यु

पोखरा ३१ पचभैयामा कार दुर्घटना हुँदा व्यवसायी रेशम थापाको मृत्यु
२०८३ जेठ २८ गते बिहिबार १०:१३

पोखरा ३१ पचभैयामा बिहीबार साँझ सवारी दुर्घटनामा परी एक जनाको निधन भएको छ । पोखरा महानगरपालिका ३१ स्थित बेगनास भोर्लेटार सडक खण्डको पचभैयामा व्यवसायी रेशम थापाको कार अनियन्त्रित भई दुर्घटना हुँदा थापाको मृत्यू भएको जिल्ला प्रहरी...

पोखरा ३१ पचभैयामा बिहीबार साँझ सवारी दुर्घटनामा परी एक जनाको निधन भएको छ ।

पोखरा महानगरपालिका ३१ स्थित बेगनास भोर्लेटार सडक खण्डको पचभैयामा व्यवसायी रेशम थापाको कार अनियन्त्रित भई दुर्घटना हुँदा थापाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । थापाले चलाएको बा १३ च ४२०९ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको कास्की प्रहरीका प्रवक्ता समेत रहेका डिएसपी वीरेन्द्रकुमार पासवानले बताए ।

थापालाई तत्काल उद्दार गरी उपचारका लागि प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल मोहरियामा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनी फेवा फाइनान्सका तत्कालिन कार्यकारी अधिकृतका हुन् । केही वर्ष अघि उनको छोराको पनि मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो । पोखरा ३१ कै स्थायी बासिन्दा उनी पछिल्लो समय पोखरा गैह्रापाटनमा बस्दै आएका थिए ।

प्रकाशित मिति २०८३ जेठ २८ गते बिहिबार १०:१३
प्रतिक्रिया दिनुहोस्