जातीय विभेद गरिएकाे भन्दै रूपा सुनारद्वारा घरधनी र मन्त्री श्रेष्ठविरुद्ध सर्वाेच्चमा रिट

जातीय विभेद गरिएकाे भन्दै रूपा सुनारद्वारा घरधनी र मन्त्री श्रेष्ठविरुद्ध सर्वाेच्चमा रिट
२०७८ असार २० गते आईतबार ०५:३६

जातीय भेदभाव तथा छुवाछुत गरेको भन्दै सञ्चारकर्मी रूपा सुनारले घरधनी सरस्वती प्रधान र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउनुभएको  छ । दलित भएकै कारण कोठा भाडामा नदिएको...

जातीय भेदभाव तथा छुवाछुत गरेको भन्दै सञ्चारकर्मी रूपा सुनारले घरधनी सरस्वती प्रधान र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउनुभएको  छ ।

दलित भएकै कारण कोठा भाडामा नदिएको र पक्राउ पर्नुभएकी घरधनीई प्रहरीबाट छुटाउन सरकारी गाडी लिएर जानुभएका शिक्षा मन्त्रीले छुवाछुत गरेको भन्दै रूपा सुनुवारले आज सर्वोच्चमा मुद्दा दर्ता गर्नुभएकाे हाे । मुद्दामा घरधनी सरस्वती प्रधान, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ, जिल्ला सरकारी वकिलको कार्यालय र महानगरीय प्रहरी वृत्त सिंहदरबारलाई विपक्षी बनाइएको छ ।

मुद्दामा जातीय भेदभाव तथा छुवाछुत गर्नेहरूलाई कारबाही तथा आफ्नो मौलिक हकको संरक्षणका लागि आदेश जारी गर्न माग गरिएको छ । यस्तै छुवाछुत गर्नेलाई संरक्षण गर्ने मन्त्री श्रेष्ठलाई पदबाट हटाएर जातीय छुवाछुत तथा अन्य सामाजिक भेदभाव ऐनअनुसार कारबाही गर्न रिटमार्फत माग गरिएको छ ।

यस्ताे छ रिटकाे पूर्ण पाठ–

 

प्रकाशित मिति २०७८ असार २० गते आईतबार ०५:३६
प्रतिक्रिया दिनुहोस्