निसीखोला ५ का किसानलाई १ हजार टिमुरका विरुवा वितरण

निसीखोला ५ का किसानलाई १ हजार टिमुरका विरुवा वितरण
२०७८ असार २१ गते सोमबार ०८:१९

बाग्लुङ जिल्लाको निसीखोला गाउँपालिका ५ का कृषकहरुलाई टिमुरका विरुवा वितरण गरिएको छ । कटुवाल डेरा क्षेत्रका १०० कृषकहरुलाई १० वटाका दरले १ हजार टिमुरका विरुवा वितरण गरिएको वडा अध्यक्ष हर्कमान घर्तिले बताउनुभयो । साथै १ हजार बोट...

बाग्लुङ जिल्लाको निसीखोला गाउँपालिका ५ का कृषकहरुलाई टिमुरका विरुवा वितरण गरिएको छ ।
कटुवाल डेरा क्षेत्रका १०० कृषकहरुलाई १० वटाका दरले १ हजार टिमुरका विरुवा वितरण गरिएको वडा अध्यक्ष हर्कमान घर्तिले बताउनुभयो । साथै १ हजार बोट धलानबास ल्याईएकोमा ८ सय बोट उपभोक्ता र २ सय वोट सौराखर्क सम्पो सामुदायिक वन उपभोक्ता समितिलाई प्रदान गरेको घर्तिले बताउनुभयो ।

स्थानिय उपभोक्ताहरुले टिमुर र धलानबासको पकेट क्षेत्र बनाउनुपर्ने वडा कार्यलय सगँ माग गरेका थिए । सोहि माग अनुसार करिब २ लाख बराबरका विरुवा प्रदान गरिएको घर्तिले बताउनुभयो । सौराखर्क सम्पो सामुदायिक वन उपभोक्ता समितिको अगुवाई मा आज दाउलीवाङ क्षेत्रमा २ सय वटा धलानबास ,रायोखन्यु र सल्ला लगायतका विरुवा लगाईएको सौराखर्क सम्पो सामुदायिक वन उपभोक्ता समितिका सचिव पुनिकला बुढाले बताउनुभयो । केहि दिन पहिले करिव २ सय ओटा बकाईनोका विरुवा समेत रोपिएको थियो ।

आईतबार नै सामुदायिक वन क्षेत्र भित्र रहेका ४ हजार सुगन्डवाल बेर्नाको गोडमेल पनि गरिएको सचिव बुढाले बताउनुभयो । स्थानिय उपभोक्ताहरुको जन श्रमदान मार्फत उक्त सामुदायिक वन क्षेत्रमा वृक्षा रोपन सहित गोडमेल,सरसफाई पनि भईरहेको उहाँको भनाई छ ।
सामुदायिक वन क्षेत्रमा बोट विरुवा पातलिदैँ जादाँ बाढी पहिरोको डर बढि हुन्छ बुढाले भन्नुयो‘वातावरण लाई सन्तुलित राख्न र हराभरा राख्न विभिन्न प्रजातिका विरुवा रोपिरहेका छ । यस बर्षबाट दैनिक प्रयोगमा आउने टिमुर बास लगायतका विरुवाहरु लगाएका हौँ ।’ सामुदायिक वन क्षेत्रमा बोटविरुवा लगाउन स्थानियहरुको सक्रिय सहभागिता रहेको बुढाले जानकारी दिनुुभयो ।

प्रकाशित मिति २०७८ असार २१ गते सोमबार ०८:१९
प्रतिक्रिया दिनुहोस्