बाग्लुङ जिल्लाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ढोरपाटन नगरपालिका वडा नं. ७ की २३ वर्षकी गर्भवति महिला कोभिड संक्रमित भई अस्पताल भर्ना हुनुभएको थियो । लामो व्याथाले च्यापेर अस्पताल आएकी उहाँलाई कोभिड संक्रमणका कारण स्वासप्रस्वासमा समस्या, खोकीले घाँटी दुख्ने समस्या रहेको स्वास्थ्य केन्द्रका डा अलिन केसीले बताउनुभयो ।
कोरोना संक्रमणको लक्षण सहित स्वास्थ्य केन्द्रमा आएकी गर्भवती महिलाको कोभिड वार्डमा राखेर उपचार गर्यौं ।’ डा अनिलले भन्नुभयो, करिब ९ दिनजति डेटआउट हुनुभएकी ति महिलाको सोमबार सफल सल्यक्रिया गरेका छौं ।’
स्वास्थ्य केन्द्रमा समस्या भएका गर्भवति महिलाहरुको सल्यक्रिया सेवा सञ्चालित छ । जहाँ कोभिडको महामारीमा संक्रमित महिलाको सल्यक्रिया गरिएको पहिलो घटना भएको डा. केसीले जानाकारी दिनुभयो । स्वास्थ्य केन्द्रमा यस अघि गत असार १७ गते निसीखोला गाउँपालिकाकी १७ वर्षिय युवती गर्भवती भई अस्पतालमा आएकी थिईन । उनमा समेत कोरोना संक्रमिण देखिएको तर सामान्य अवस्थामा बच्चा जन्मेको स्वास्थ्यकर्मीले बताएका छन् ।
सल्यक्रियामा डा. अलिन सहित स्वास्थ्यकर्मीहरु केशव थापा, शान्ति पौडेल, पावैति अर्याल र बोनिशा घर्ति संलग्न रहनुभएको थियो । ३ केजी तौल रहेको बच्चामा समेत स्वासप्रस्वास समस्या रहेकाले आमा र शीशु उपचारकक्षमा रहेका छन् ।










