जाँदाजाँदै ओलीले भने : मेरो सरकार ऐतिहासिक रुपमा सफल भयो

जाँदाजाँदै ओलीले भने : मेरो सरकार ऐतिहासिक रुपमा सफल भयो
२०७८ असार २९ गते मङ्गलबार ०५:२७

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ऐतिहासिक रुपमा सफल भएको दावी गर्नुभएको छ। सिंहदरबार छाड्नु अघि राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले आफ्नो सरकार ऐतिहासिक रुपमा सफल भएको दावी गर्नुभएको हो । यसका लागि उहाँले...

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ऐतिहासिक रुपमा सफल भएको दावी गर्नुभएको छ। सिंहदरबार छाड्नु अघि राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले आफ्नो सरकार ऐतिहासिक रुपमा सफल भएको दावी गर्नुभएको हो ।

यसका लागि उहाँले सबै नेपालीहरु, कर्मचारी सुरक्षाकर्मी, राष्ट्रसेवक, कोभिडविरुद्ध अग्रमोर्चामा खटिएकाहरु सबैलाई धन्यवाद दिनुभयो । त्यस्तै नेपालको विकास साझेदार मित्रराष्ट्रका सरकार प्रमुख र राष्ट्रप्रमुखलाई पनि ओलीले धन्यवाद दिनुभएको थियो ।

प्रधानमन्त्री ओलीले एकछिन बादल लागेको भन्दै फेरि बादल हटाएर सूर्य आउने दावी गर्नुभयो । प्रधानमन्त्री ओलीले पार्टी कार्यकर्तालाई धैर्यता नगुमाउन र संयमता अपनाउन आग्रह गर्नुभएको थियो ।

प्रकाशित मिति २०७८ असार २९ गते मङ्गलबार ०५:२७
प्रतिक्रिया दिनुहोस्