निसीखोलाका मगर र बडिगाडका भुजेल झन्डै १० किलो चरेससहित पक्राउ

निसीखोलाका मगर र बडिगाडका भुजेल  झन्डै १० किलो चरेससहित पक्राउ
२०७८ साउन ७ गते बिहिबार ०४:४६

बागलुङ - दाङमा झन्डै १० किलाे चरेससहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङकाे बडिगाड गाँउपालिकाका ३० वर्षीय रेमबहादुर भुजेल र  निसीखोलाका २१ वर्षीय सुदिप सिंजाली मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले...

बागलुङ – दाङमा झन्डै १० किलाे चरेससहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङकाे बडिगाड गाँउपालिकाका ३० वर्षीय रेमबहादुर भुजेल र  निसीखोलाका २१ वर्षीय सुदिप सिंजाली मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनीहरूलाई पूर्व–पश्चिम राजमार्ग दाङकाे धान खाेलामा रहेकाे एक हाेटलबाट ९ किलाे ९ सय ३० ग्राम चरेससहित पक्राउ गरिएकाे प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएकाे हाे ।

हरियो रङ्गकाे भिर्ने झोलाभित्र सेतो प्लास्टिकले बेरेर राखेको अवस्थामा २० वटा इँटा आकारको लागुऔषध चरेस फेला परेको प्रहरीले जनाएको छ । होटलमा चरेसको कारोबार भइरहेको भन्ने सुराकी पाएपछि प्रहरीले छापा मारेको थियो ।

प्रकाशित मिति २०७८ साउन ७ गते बिहिबार ०४:४६
प्रतिक्रिया दिनुहोस्