सिद्धबाबा नजिक पहिरोले जिप पुरिंदा चालकको मृत्यु

सिद्धबाबा नजिक पहिरोले जिप पुरिंदा चालकको मृत्यु
२०७८ साउन १९ गते मङ्गलबार ०८:४३

सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डमा पहिरोले जिप पुर्दा एक जनाको मृत्यु भएको छ । स्याङ्जाबाट बुटवल जादैँ गरेको लु २ च ७३८७ नम्बरको जिप पाल्पाको तिनाउ गाउँपालिका दोभान नजिकै हेडवर्क्समा माथिबाट खसेको पहिरोले पुरिंदा...

सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डमा पहिरोले जिप पुर्दा एक जनाको मृत्यु भएको छ ।

स्याङ्जाबाट बुटवल जादैँ गरेको लु २ च ७३८७ नम्बरको जिप पाल्पाको तिनाउ गाउँपालिका दोभान नजिकै हेडवर्क्समा माथिबाट खसेको पहिरोले पुरिंदा चालक २२ वर्षका आशिष खाँण ठकुरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार साँझ ७ बजेतिर भएको दुर्घटनमा अन्य दुईजना सामान्य घाइते भएका लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । घाइते र शबलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको जनाईएको छ ।

प्रकाशित मिति २०७८ साउन १९ गते मङ्गलबार ०८:४३
प्रतिक्रिया दिनुहोस्