बालाजुस्थित बिस्कुट उद्योगमा भीषण आगलागी (फोटो फिचर)

बालाजुस्थित बिस्कुट उद्योगमा भीषण आगलागी (फोटो फिचर)
२०७८ साउन २३ गते शनिवार ०९:३५

काठमाडौं : बालाजुस्थित औद्योगिक क्षेत्रमा शुक्रबार रातिदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। औद्यौगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट उद्योगमा राति २ बजेर २० मिनेटमा आगलागी सुरु भएको हो। आगो नियन्त्रणमा लिने प्रयास...

काठमाडौं : बालाजुस्थित औद्योगिक क्षेत्रमा शुक्रबार रातिदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। औद्यौगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट उद्योगमा राति २ बजेर २० मिनेटमा आगलागी सुरु भएको हो।

आगो नियन्त्रणमा लिने प्रयास भइरहे पनि सकिएको छैन। प्रहरी र स्थानीयको सक्रियतामा सातवटा वारुणयन्त्र र ३६ वटा ट्यांकरमार्फत आगो नियन्त्रणमा लिने प्रयास भइरहेको महानगरीय प्रहरी प्रभाव बालाजुले जनाएको छ।

प्रहरीका अनुसार बिहान हेलिकप्टरबाट पनि पानी हालेर आगो निभाउने प्रयास गरिएको थियो। तर घरभित्र आगलागी भइरहेकोले नियन्त्रण लिन नसकिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति २०७८ साउन २३ गते शनिवार ०९:३५
प्रतिक्रिया दिनुहोस्