एसईईको नतिजा सार्वजनिक,कक्षा १२ को परीक्षा स्थगित

एसईईको नतिजा सार्वजनिक,कक्षा १२ को परीक्षा स्थगित
२०७८ साउन २३ गते शनिवार ०४:१८

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई प्रमाणित गरेर नतिजा प्रकाशन गरेको हो । बोर्डको आज बसेको बैठकले विद्यालयबाट आएको मूल्याङ्कनलाई प्रमाणीकरण...

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई प्रमाणित गरेर नतिजा प्रकाशन गरेको हो । बोर्डको आज बसेको बैठकले विद्यालयबाट आएको मूल्याङ्कनलाई प्रमाणीकरण गरी नतिजा प्रकाशित गरिएको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिए ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ।

सरकारले कोरोना भाइरसको सङ्क्रमण बढेपछि २०७७ सालमा कक्षा १० का विद्यार्थीको एसईईको अन्तिम मूल्याङ्कन गर्ने जिम्मेवारी सम्बद्ध विद्यालयलाई नै दिने निर्णय गरिएको थियो ।

एसईईका विद्यार्थीको विद्यालयले मूल्याङ्कन गरेको यो दोस्रो पटक हो । यसअघि २०७६ सालका एसईईका विद्यार्थीको मूल्याङ्कन गर्ने जिम्मेवारी पनि विद्यालयलाई दिइएको थियो ।

 

कक्षा १२ को परीक्षा स्थगित

कक्षा १२ को परीक्षा स्थगित भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको शनिबार बसेको बैठकले परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो।

बोर्डले साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म परीक्षा लिने गरी तालिका सार्वजनिक गरेको थियो । तर बढ्दो कोरोना संक्रमणको जोखिमका कारण परीक्षा स्थगित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको थियो।

प्रकाशित मिति २०७८ साउन २३ गते शनिवार ०४:१८
प्रतिक्रिया दिनुहोस्