म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरमा अपांगता भएकी बालिकालाई करणी गरि गर्भवती बनाएको आरोपमा एक युवा पक्राउ परेका छन् ।
जन्मजात रुपमा राम्रोसंग बोल्न नसक्ने र फरक मानसिक अवस्था भएकी १६ बर्षिया बालिकालाई ललाई फकाई गरि जवर्जस्ती करणी गरेको गरेर गर्भवती बनाएको आरोपमा स्थानीय २० बर्षका सोहन छिनाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेका युवालाई जवर्जस्ती करणी मुद्धा शिर्षकमा मुद्धा दर्ता गरि जिल्ला अदालतबाट दश दिनको म्याद थप गरि थप अनुसंधान भैरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक विरेन्द्रराज गुरुङले जानकारी दिनुभयो ।
थप यो पनि पढौँ ।
पाल्पामा १३ वर्षीय किशोरी बलात्कृत, युवक पक्राउ
पाल्पामा एक पुरुषद्वारा १३ बर्षीया किशोरी बलात्कृत हुनुभएको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ , घर भई तानसेन नगरपालिका–४ मा डेरा गरि बस्ने २३ वर्षीय मीनबहादुर सारुले सोही नगरपालिकाकी १३ बर्षीया किशोरी बलात्कार गरेको प्रहरीले जनाएको छ ।
सारुलाई किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ समेत गरिसकेको छ । सारुलाई पक्राउ गरि जबरजस्ती करणीसम्बन्धी मुद्धा अदालतमा दर्ता गरिएको र थप अनुसन्धान भइरहेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिउनुभयो ।










