दोस्रो तहका नेताले माधव नेपालको साथ छाडे

दोस्रो तहका नेताले माधव नेपालको साथ छाडे
२०७८ भदौ २ गते बुधबार ०५:३४

नेकपा एमालेको ९ औं महाधिवेशनदेखि नेकपाकाल हुँदै माधव नेपाललाई साथ दिएका स्थायी कमिटी सदस्यहरू विभाजित भएका छन् । एमालेका वरिष्ठ नेता नेपालले आफ्नो संयोजकत्वमा नेकपा एमाले समाजवादी दर्ता गर्ने निर्णय गरेपछि लामो समयदेखि साथ...

नेकपा एमालेको ९ औं महाधिवेशनदेखि नेकपाकाल हुँदै माधव नेपाललाई साथ दिएका स्थायी कमिटी सदस्यहरू विभाजित भएका छन् । एमालेका वरिष्ठ नेता नेपालले आफ्नो संयोजकत्वमा नेकपा एमाले समाजवादी दर्ता गर्ने निर्णय गरेपछि लामो समयदेखि साथ दिँदै आएका दोस्रो तहका नेताहरुले साथ छाडेका हुन् ।

नेता नेपालले नयाँ दल दर्ता गर्न खोजेपछि उपाध्यक्ष ज्ञवालीले स्थायी कमिटीको बैठक राखेर को कता लाग्ने भनेर छलफल गर्न प्रस्ताव गरेका थिए । तर नेता नेपाल त्यसमा पनि सहमत भएनन् र नयाँ अध्यादेशअनुसार केन्द्रीय कमिटीको २० प्रतिशत संख्या पुर्‍याएर दल दर्ता गर्न अघि बढेका छन् ।

तर उनलाई एमाले पदाधिकारी र स्थायी कमिटीको ठूलो हिस्साले साथ नदिने भएको छ । स्रोतका अनुसार तीन उपाध्यक्ष युवराज ज्ञवाली, भीम रावल र अष्टलष्मी शाक्यले नेता नेपालको साथ छाडेका छन् । उपमहासचिव घनश्याम भुसाल सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र अनुशासन आयोगका प्रमुख अमृत बोहरा नयाँ दलमा नजाने भएका छन् ।

स्थायी कमिटी सदस्यद्वय वेदुराम भुसाल र मुकुन्द न्यौपाने भने नेता नेपालसँगै नयाँ दलमा हुनेछन् । केन्द्रीय कमिटीको पनि ठूलो हिस्सा एमाले समाजवादीमा नजाने यो समूहका नेताहरुको दाबी छ । यद्यपि यो समूह तत्काल अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समूहमा पनि जाने सम्भावना कम रहेको नेताहरुले बताएका छन् ।

एमाले विभाजित स् नेपालले दर्ता गरे नेकपा एमाले समाजवादी, चुनाव चिह्न खुला किताब
नेकपाकालको स्थायी कमिटीका सदस्य बेदुराम भुसाल पनि नयाँ दल दर्तामा सहभागी रहेका छन् । सरकारले राजनीतिक दल विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्यहरुले मात्रै पुग्ने व्यवस्था सहितको अध्यादेश ल्याएपछि नेता नेपालले नेकपा एमाले ९समाजवादी० दल दर्ता गरेका छन् ।

प्रकाशित मिति २०७८ भदौ २ गते बुधबार ०५:३४
प्रतिक्रिया दिनुहोस्