बागलुङको गलकोटमा जिप दुर्घटना हुदाँ ६ जना यात्रु घाइते

बागलुङको गलकोटमा जिप दुर्घटना हुदाँ ६ जना यात्रु घाइते

जिवनकला खत्री ‘सरिता’

@समय नेपाल

२०७८ भदौ १३ गते आईतबार ०५:२४

गलकोट- बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नं २ मौरियामा आज दिउसो जिप दुर्घटना हुदाँ ६ जना यात्रु घाइते भएका छन् । बागलुङबाट गलकोट आउदै गरेको ध १ ज ८८ नम्बरको जिप दिउसो करिब २ बजे  मौरियामा दुर्घटना हुदाँ गलकोट नगरपालिका वडा नं १...

गलकोट- बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नं २ मौरियामा आज दिउसो जिप दुर्घटना हुदाँ ६ जना यात्रु घाइते भएका छन् ।

बागलुङबाट गलकोट आउदै गरेको ध १ ज ८८ नम्बरको जिप दिउसो करिब २ बजे  मौरियामा दुर्घटना हुदाँ गलकोट नगरपालिका वडा नं १ दुदिलाभाटिका १६ वर्षिय मनिसा सुनार ५० वर्षिय कोपिला बि.क र उहाँका २५ वर्षिय छोरी सिता बि.क, बागलुङ नगरपालिका वडा नं १२ का २८ वर्षिय निता पौडेल पन्त, बागलुङ नगरपालिका वडा नं ५ का ३८ वर्षिय सुन्तली बोहोरा, पर्वत जिल्ला जलजला गाँउपालिका वडा नं ८ का ३४ वर्षिय देवी खत्री घाइते भएको प्रहरी चौकी हटियाका प्रमुख बाबुराम पुरीले जानकारी दिनुभयो ।

घाइतेहरुको अहिले आरोग्य अस्पताल गलकोटमा उपचार भैरहेको छ । घाइते मध्ये कोपिला बि.कको टाउको तथा खुट्टा र सिता बि.कको निधार र नाकमा गम्भिर चोट लागेकाले मनिपाल शिक्षण अस्पताल पोखरामा रिफर गरिएको आरोग्य अस्पतालका सञ्चालक डा. टंकप्रसाद चालिसेले जानकारी दिनुभयो । अन्य घाइतेहरुको अवस्था सामान्य रहेको अस्पताले  जनाएको छ । जिप अनियन्त्रीत भई भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०७८ भदौ १३ गते आईतबार ०५:२४
प्रतिक्रिया दिनुहोस्