बागलुङको निसीखोलामा जीप र भ्यान ठोक्किँदा ९ जना यात्रु घाइते

बागलुङको निसीखोलामा जीप र भ्यान ठोक्किँदा ९ जना यात्रु घाइते
२०७८ भदौ २५ गते शुक्रबार ०८:२५

बागलुङ-  जिल्लाको निसीखोलामा जिप र भ्यान एक आपसमा ठोकिँदा ९जना यात्रु घाइते भएका छन् । निसीखोला गाउँपाकिा वडा नम्बर ६ भकोटमा विहिबार साझँ पूर्वी रुकुम तर्फ जाँदै गरेको लु १ ज १९३४ नम्बर जीप र विपरित दिशाबाट आएको ध १ ज ८०६ नम्बर को...

बागलुङ-  जिल्लाको निसीखोलामा जिप र भ्यान एक आपसमा ठोकिँदा ९जना यात्रु घाइते भएका छन् । निसीखोला गाउँपाकिा वडा नम्बर ६ भकोटमा विहिबार साझँ पूर्वी रुकुम तर्फ जाँदै गरेको लु १ ज १९३४ नम्बर जीप र विपरित दिशाबाट आएको ध १ ज ८०६ नम्बर को भ्यान एक आपसमा ठक्कर खाँदा ९ जना यात्रु घाइते भएको प्रत्यक्षदर्शी तथा बुर्तिबाङ ईमेरर्जेन्सी पोलिक्लिनिकका सञ्चालक सिताराम बोहोराले बताउनुभयो ।

घाइते हुने दाङको घोराइ नगरपालिका वडा नम्बर १ का १७ वर्षीय गोपाल कार्की, बर्दियाको गुलरीया नगरपालिका वडा नम्बर १२ का १९ वर्षीय सन्दिप भण्डारी, निसीखोला गाउँपालिका वडा नम्बर ५ का २७ वर्षका भ्यान चालक सेरबहादुर घर्ती, ढोरपाटन नगरपालिका वडा नम्बर २ सेराका २७ की अनिता पुन र निसीखोला गाउँपालिका वडा नम्बर ६ की ३८ वर्षीया सन्तकला घर्ती लगायत अन्य ४ जना रहेका छन् । उनीहरुको स्थानीय निसीखोला स्वास्थ्य क्लिनिकमा उपचार गरिएकोमा २ जनालाई बुर्तिबाङ रेफर गरिएको छ ।

सामान्य चोट लागेका ४ जना यात्रु उपचार पछि घर फर्किसकेको र बाकी ३ जनाको निसीखोला स्वास्थ्य क्लिनिकमा उपचार भैरहेको बोहोराले जानकारी दिनुभयो ।

हरितालिका तीजकै दिन दुर्घटना भएको र घाईतेहरुको अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरीक्षक जयराम बन्तले बताउनुभयो । जीप र भ्यान दुबै गाडीमा क्षति पुगे पनि भ्यानमा बढी क्षति भएको प्रहरी छ । दुर्घटनाको कारण बारे भने अझै नखुलेको निरिक्षक वन्तले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७८ भदौ २५ गते शुक्रबार ०८:२५
प्रतिक्रिया दिनुहोस्