वर्तमान सरकारले जनपक्षीय काम गर्न नसक्ने एमाले नेता शर्माको भनाई

वर्तमान सरकारले जनपक्षीय काम गर्न नसक्ने एमाले नेता शर्माको भनाई
२०७८ असोज १३ गते बुधबार ०६:२०

नेकपा एमाले ढोरपाटन नगरपालिका वडा नं. ५ को वडा भेला मंगलबार बुढाथोकमा सम्पन्न भएको छ । वडा कमिटि अध्यक्ष, रेशमराज रेग्मीको अध्यक्षतामा भएको भेलामा नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य मोहनलाल शर्माको प्रमुख आतिथ्यता रहेको थियो...

नेकपा एमाले ढोरपाटन नगरपालिका वडा नं. ५ को वडा भेला मंगलबार बुढाथोकमा सम्पन्न भएको छ ।
वडा कमिटि अध्यक्ष, रेशमराज रेग्मीको अध्यक्षतामा भएको भेलामा नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य मोहनलाल शर्माको प्रमुख आतिथ्यता रहेको थियो । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि शर्माले, गाउँगाउँमा एमालेको कमिटि गठन गर्ने, नागरिकलाई पार्टिमा गोलबन्द गराउँदै एमाले जागरिण अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको थियो ।

जनताको चाहना अनुसारको सरकार हटाएर अदालतबाट बनेको वर्तमान सरकारले जनहितमा काम गर्न नसक्ने बताउँदै शर्माले, अव निर्वाचनबाट एमालेको सरकार बन्ने पक्का भएको दावी गर्नुभयो ।

कार्यक्रममा एमाले नेता बेगबहादुर पुन, ढोरपाटन नगरपालिकाका संयोजक लक्ष्मण पुन, जिल्ला कमिटि सचिवालय सदस्य कर्मती पुन, राष्ट्रिय युवासंघ नेपालका केन्द्रिय सदस्य निर्मल क्षेत्री, लगायतले मन्तव्य राख्नुभएको थियो ।

भेला राष्ट्रिय युवा संघ नेपालका जिल्ला कमिटि उपाध्यक्ष शीवराज कँडेलको स्वागत मन्तव्य तथा ईन्द्र बहादुर घर्तिमगरको सञ्चालनमा सम्पन्न भएको थियो । एमाले ढोरपाटन नगरपालिका वडा नं. ५ले वडाका विभिन्न वडाहरुमा समेत टोल समितिहरु निर्माण गरेको जनाएको छ ।

प्रकाशित मिति २०७८ असोज १३ गते बुधबार ०६:२०
प्रतिक्रिया दिनुहोस्