नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गुल्मीको ९ वटा स्थानीय तहमा नेतृत्व चयन

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गुल्मीको ९ वटा स्थानीय तहमा नेतृत्व चयन
२०७८ असोज २० गते बुधबार ०८:५६

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गुल्मीका ९ वटा स्थानीय तहमा अधिवेशन सकिएका छन् । दुई नगरपालिका र १० वटा गाउँपालिकामध्ये रेसुङ्गा नगरपालिका, मुसीकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकामा नेतृत्व चयन हुन बाँकी छ । मुसीकोट...

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गुल्मीका ९ वटा स्थानीय तहमा अधिवेशन सकिएका छन् । दुई नगरपालिका र १० वटा गाउँपालिकामध्ये रेसुङ्गा नगरपालिका, मुसीकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकामा नेतृत्व चयन हुन बाँकी छ ।

मुसीकोट नगर सभाापतिका लागि छबि भण्डारी र मोहन घिमिरे प्रतिस्पर्धामा छन् र मंगलबार मतदान भएको छ ।कालीगण्डकी गाउँपालिकामा पार्टी सभापतिका रामप्रसाद न्यौपाने, गोविन्द गौतम र निमबहादुर श्रीसबीच प्रतिस्पर्धा भएको छ । रेसुङ्गा नगरपालिकामा भने सहमतिको प्रयास भइरहेको कांग्रेसका नेताहरुले बताएका छन् ।

अधिवेशन भइसकेका स्थानीय तहरुमा मदाने गाउँपालिकाको सभापतिमा महेन्द्र कुँवर, मालिका गाउँपालिकाको सभापतिमा उप्रेन्द्र अर्याल, इस्मा गाउँपालिकाको सभापतिमा कृष्ण रिजाल चयन भएका छन् । त्यस्तै धुर्कोट गाउँपालिकाको सभापतिमा हरिबहादुर थापा, गुल्मीदरबार गाउँपालिकाको सभापतिमा प्रेम पुन, छत्रकोट गाउँपालिकाको सभापतिमा धातान्नद भुसाल चयन भएका छन् ।

रुरुक्षेत्र गाउँपालिकाको सभापतिमा देवेन्द्र मल्ल, सत्वति गाउँपालिकाको सभापतिमा विष्णु भण्डारी र चन्द्रकोट गाउँपलिकाको सभापतिमा विष्णुप्रसाद भण्डारी चयन भएको नेपाली कांग्रेस गुल्मीले जनाएको छ ।

प्रकाशित मिति २०७८ असोज २० गते बुधबार ०८:५६
प्रतिक्रिया दिनुहोस्