गण्डकी प्रदेश सहित केही प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

गण्डकी प्रदेश सहित केही प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०७८ कार्तिक २१ गते आईतबार १०:३०

काठमाडौं-  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही प्रदेशमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । आइतबार बिहान पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी स्थानको...

काठमाडौं-  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही प्रदेशमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ ।

आइतबार बिहान पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी स्थानको मौसम सफा रहेको छ । दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका एक /दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

दिउँसो गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशमा राति पनि हिउँ पर्ने सम्भावना रहेको मौसमविद् मानन्धरले जानकारी दिइन् ।

काठमाडौं उपत्यकासहित देशभर दिनहुँ चिसो बढ्दै गएको छ । उपत्यकाको न्यूनतम तापक्रम आइतबार बिहान १० डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ। सबैभन्दा कम तापक्रम जुम्लामा माइनस १ दशमलब ९ डिग्री सेल्सियस मापन भएको छ ।

प्रतिक्रिया दिनुहस

प्रकाशित मिति २०७८ कार्तिक २१ गते आईतबार १०:३०
प्रतिक्रिया दिनुहोस्