स्थगित भएका त्रिविको परीक्षा फागुन १ देखि हुने

स्थगित भएका त्रिविको परीक्षा फागुन १ देखि हुने
२०७८ माघ १९ गते बुधबार ०७:४३

कोरोनाको कारण स्थगित भएका त्रिभुवन विश्वविद्यालय अन्तर्गतका परीक्षाहरू फागून १ गतेबाट सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय, बल्खुले आज सूचना प्रकाशित गर्दै रोकिएका परीक्षाहरू फागुन १ गतेदेखि सुरु हुने बताएको छ । २०७८...

कोरोनाको कारण स्थगित भएका त्रिभुवन विश्वविद्यालय अन्तर्गतका परीक्षाहरू फागून १ गतेबाट सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय, बल्खुले आज सूचना प्रकाशित गर्दै रोकिएका परीक्षाहरू फागुन १ गतेदेखि सुरु हुने बताएको छ ।

२०७८ सालमा सञ्चालन हुने शिक्षा र मानविकी संकायका तीन वर्षे स्नातक तहको नियमित तथा आंशिक परीक्षा कोरोनाका कारण स्थगित भएको थियो । परीक्षा नियन्त्रण कार्यालयले सम्बन्धित परीक्षार्थीलाई आफूले परीक्षा दिनु पर्ने कुन , कुन कोड र विषय हो यसबारे यकिन गरेर मात्र परीक्षा दिनु पर्ने भन्दै सूचित पनि गरेको छ । परीक्षा फारम छुटेका विद्यार्थीले सम्बन्धित क्याम्पसमा निर्धारित समयमै अतिरिक्त दस्तुर बुझाएर फारम भर्न पाउने बताइएको छ ।

३ वर्षे स्नातक तह तेस्रो वर्षको परीक्षा दिनुपर्ने केही विद्यार्थीहरूको परीक्षा आवेदन फारम भर्न छुटेको गूनासो आएकोले त्यस्ता क्याम्पसका परीक्षार्थीहरूलाई दोव्वर दस्तुर सहित माघ २१ गते सम्ममा परीक्षा आवेदन फारम भराई क्याम्पसहरुले २०७८ माघ २५ गतेभित्र बुझाइसक्न पनि भनिएको छ ।

प्रकाशित मिति २०७८ माघ १९ गते बुधबार ०७:४३
प्रतिक्रिया दिनुहोस्