बागलुङको निसीखोलामा भ्यान र मोटरसाइकल ठोकिदा एक जना घाइते

बागलुङको निसीखोलामा भ्यान र मोटरसाइकल ठोकिदा एक जना घाइते
२०७८ फाल्गुण २० गते शुक्रबार १२:०९

बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाको झिवाखोलामा भ्यान र मोटरसाइकल ठोकिदा एक जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक निसिखोला गाउँपालिका वडा नं ३ का सरोज चन्द रहेको स्रोतको भनाई छ । घाईतेको बुर्तिबाङ स्थित प्राथमिक स्वाथ्य...

बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाको झिवाखोलामा भ्यान र मोटरसाइकल ठोकिदा एक जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक निसिखोला गाउँपालिका वडा नं ३ का सरोज चन्द रहेको स्रोतको भनाई छ । घाईतेको बुर्तिबाङ स्थित प्राथमिक स्वाथ्य केन्द्रमा उपचार भइरहेको छ ।

ढोरपाटन नगरपालिका १ बुर्तिबाङबाट निसीखोलातर्फ जाँदै गरेको ध १ ज १०५७ नम्बरको भ्यान सँग विपरित दिशाबाट आउँदै गरेको बा ८४ प ४२६ नंम्बरको मोटरसाइकल ठोकिदा दुर्घटना भएको स्थानियहरु बताएका छन् । मोटर साइकल चालक फरक बाटोबाट यात्रा गरेको र हेल्मेट समेट नलगाएको भेटिएको स्रोतले जनाएको छ । दुर्घटना हुँदा भ्यान र मोटरसाइकल दुवैमा क्षति पुगेको थियो । थप विवरण आउन बाकीँ छ ।

प्रकाशित मिति २०७८ फाल्गुण २० गते शुक्रबार १२:०९
प्रतिक्रिया दिनुहोस्