पश्चिम बागलुङको बुर्तिबाङमा शिक्षामन्त्री,चुनावमा वामपन्थी पार्टीमा माओवादी पहिलो हुने दाबी

पश्चिम बागलुङको बुर्तिबाङमा शिक्षामन्त्री,चुनावमा वामपन्थी पार्टीमा माओवादी पहिलो हुने दाबी
२०७८ चैत ११ गते शुक्रबार ०७:३७

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी निर्वाचनमा माओवादी वामपन्थी शक्तिमा पहिलो पाटी हुने दावी गर्नुभएको छ । नेकपा माओवादी केन्द्र ढोरपाटन, निसी र तमानखोलाले शुक्रबार बुर्तिबाङमा आयोजना गरेको राजनीतिक...

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी निर्वाचनमा माओवादी वामपन्थी शक्तिमा पहिलो पाटी हुने दावी गर्नुभएको छ ।

नेकपा माओवादी केन्द्र ढोरपाटन, निसी र तमानखोलाले शुक्रबार बुर्तिबाङमा आयोजना गरेको राजनीतिक एवम् वैचारिक प्रशिक्षणमा मन्त्री पौडेलले आगामी निर्वाचनमा वामपन्थी शक्तिमा माओवादी पहिलो हुने दावी गर्नुभएको थियो । उहाँले त्याग, तपस्या र जनताका लागि दुःख गरेको पार्टी माओवादी भएकाले प्रतिक्रियावादीहरुले भ्रम फैलाइरहेको आरोप समेत लगाउनुभयो ।

“माओवादी पार्टी अब चुनाव नजित्ने ठाउँमा पुगेको भन्ने प्रचार भइरहेको” मन्त्री पौडेलले भन्नुभयो, “देशी विदेशी शक्तिले चौतर्फी हमला गरिरहेको छ ।” जनक्रान्तिको कार्यभार अझै बाँकी रहेको भन्दै उहाँले सुशासन र समृद्धि हुँदै समाजवादको यात्रामा रहेको बताउनुभयो । संविधानको प्रस्तावनामा जनताको मौलिक हकअधिकारको कुरा लेख्ने पार्टी माओवादी भएको भन्दै अहिलेका स्थापित मुद्धाको मार्गचित्रमा माओवादी भएको उल्लेख गर्नुभयो ।

“हामीले बलिदान, त्याग र तपस्या र आत्मबलिदान नगरेको भए अहिलेको परिर्वतन आउने थिएन, उहाँले भन्नुभयो “माओवादीले प्राप्त गरेका उपलब्धि जीवन्त रहन्छन् ।” मन्त्री पौडेलले आगामी निर्वाचनमा हामी आफ्नै बलबुतामा चुनाव लड्नु प्रमुख भएको भन्दै जनताका काममा थप लाग्न आग्रह गर्नुभयो । हिजोको स्थितिमा माओवादी नभएको भन्दै पार्टी पहिलेभन्दा सुदृढीकरण भएको उहाँको दाबी छ ।

एमसीसीको बारेमा भ्रम सिर्जना भइरहेको बताउँदै कानुन अनुसार एमसीसी लागू हुने बताउनुभयो । यस्तै माओवादी केन्द्रका गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरेले पार्टी निर्माण गर्न पार्टीको विचारलाई सहि तरिकाले जनतामा पुर्याउनुपर्ने बताउनुभएको थियो ।
ठूलो संघर्षपछि आएको संघीय लोकतान्त्रिक गणतन्त्रमा स्थानीय सरकार जनताप्रति उत्तरदायित्व नभएको भन्दै त्यसका लागि कार्यकर्ता सचेत हुनुपर्ने बताउनुभयो । माओवादी पार्टी विरुद्ध संयन्त्र भइरहेको भन्दै शहीद तथा बेपत्ताको व्यवस्थापनका लागि पार्टीले सरकारसँग पहल गरिरहेको उहाँले बताउनु भएको थियो ।
कार्यक्रममा माओवादी केन्द्र प्रदेश समिति सदस्य प्रेम घर्तिमगर, राजिब घिमिरे, चन्द्र अर्याल, नरेन्द्र छन्त्याल लगायतले बोल्नुभएको थियो । बुर्तिबाङ स्थित मनकामना हलमा आयोजित कार्यक्रममा यस क्षेत्रमा रहेका नेकपा माओवादी केन्द्रका स्थानिय नेता कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति २०७८ चैत ११ गते शुक्रबार ०७:३७
प्रतिक्रिया दिनुहोस्